चितुवाको छाला सहित दुई जना पक्राउ 

खरीबोट

बर्दिया ।  बर्दियाको गुलरिया नगरपालिका ७ स्थित बिजया गेस्ट हाउसमा चितुवाको छाला दुई जना पक्राउ परेका छन ।

प्रहरीको क्षेत्रीय अनुसन्धान ब्युरो नेपालगंज र जिल्ला प्रहरी कार्यालय बर्दियाको संयुक्त विशेष टोलीले चितुवाको छाला किनबेचको अवस्थामा दुई जनालाई पक्राउ गरिएको जानकारी संयुक्त टोली प्रमुख प्रहरी निरीक्षक अरुणकुमार सिंहले बताए । 

बिगत एक हप्ता देखि पछ्याइरेका थियौ बल्ल आज फेला परे निरिक्षक सिंहले भने । उनका अनुसार आज बिहान ११.५५ को समयमा बर्दियाको गुलरियामा अवस्थित बिजया गेस्ट हाउसको कोठा नं २१७ मा १० लाख रुपैयाँमा छाला किनबेच भइरहेको गोप्य सूचनाका आधारमा दुई जना पक्राउ परिएको समेत बताए ।

पक्राउ पर्नेमा बर्दिया निर्माण व्यवसायी संघ बर्दियाका पूर्वअध्यक्ष, बाँसगढी नगरपालिका १ का जीत बहादुर देवकोटा र बारवर्दियाका ९ का नरबहादुर शाहीलाई पक्राउ गरेको समेत निरीक्षक सिंहले बताए ।

पक्राउ गरिएको छाला १ फिट १० इन्च चौडा र ९ फिट इन्च लम्बाई रहेको छ । बेच्नका लागी ल्याइएको छाला वैतडी चिसापानी भुरिगाउँ हुँदै गुलरिया ल्याएको प्रहरीले बताएको छ । पक्राउ परेकाहरु माथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

सम्बन्धित समाचार

चितुवाको आक्रमणबाट महिला गम्भिर

राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ स्थित जिता नदीमा चितुवाको आक्रमणबाट बुधबार एक महिला गम्भीर घाइते भएकी छन् ।  स्थानीयबासी शिवकुमार सरदारकी ३० वर्षीया श्रीमती प्रेमवती सरदारले घर नजिकै जिता नदी छेउमा

चितुवाको आक्रमणबाट एकजना घाइते

भीमदत्तनगर । चितुवाको आक्रमणबाट आज यहाँ एकजना घाइते भएका छन् ।  चितुवाको आक्रमणबाट भीमदत्तनगरपालिका– १८ बागफाटाका ४५ वर्षीय छाउना राना घाइते भएका हुन् ।  सख्त घाइते उनलाई उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी पठाइएको

चितुवाको छालासहित एक पक्राउ

दाङ ।  दाङ प्रहरीले चितुवाको छालासहित एकजनालाई पक्राउ गरेको छ ।  अवैध दुर्लभ छाला ओसारपसार तथा बिक्री वितरण गर्दै आएको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी निरीक्षक धनदेव साउदको कमाण्डमा खटिएको

कारको ठक्करबाट चितुवा मर्यो

वीरगञ्ज ।  कारले ठक्कर दिँदा सोमबार पर्सा राष्ट्रिय निकुञ्जमा रहेको एक चितुवा मरेको छ ।  राति करीब ८ बजेतिर  हेटौडाबाट वीरगञ्जतर्फ आइरहेको बा१७च ५९४ नंको कारले आधाभार नजिकै चितुवालाई ठक्कर दिएको निकुञ्जका प्रमुख संरक्षण