• २०८१ बैशाख १४ शुक्रबार

हरिवंशको आवाजमा ‘कथा काठमाण्डू’ को शिर्ष गीत, यस्तो छ गीत 

kharibot

काठमाडौँ। असोज १२ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्म ‘कथा काठमाण्डू’ को शिर्ष गीत सार्वजनिक भएको छ । गीतमा बुलेट फ्लो र बरिष्ठ कलाकार हरिवंश आचार्यको स्वर सुन्न सकिन्छ । 

सुरज विक्रम थापाको शब्द, संगीत र कम्पोज रहेको गीतमा काठमाडौंको अस्तव्यस्त दैनिकीलाई चित्रण गरिएको छ । गीतले फिल्मको मूल कथालाई प्रस्ट्याएको निर्देशक संगीता श्रेष्ठले बताइन् । 

‘रातको कुरा...’ बोलको गीतमा अभिनेत्री प्रियंका कार्की र अभिनेता प्रमोद अग्रहरीको इन्टिमेट सिनका कारण चर्को आलोचना भइरहेको ‘कथा काठमाण्डू’ को कथा निर्देशक संगीताले नै लेखेकी हुन् । 

विजय राइको निर्माणमा तयार भएको यो फिल्ममा लुजा सिंहको छायांकन छ । ‘कथा काठमाण्डू’ तीन भिन्नभिन्न कथालाई बुनेर निर्माण गरिएको हो । यो फिल्ममा प्रियंका र प्रमोदका अलावा आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्क्षा अधिकारीको प्रमुख भूमिका छ ।

अष्ट महर्जनको द्वन्द्व रहेको फिल्मका गीतमा मोहित मुनाल, कमल खत्री, प्रदीप बाँस्तोला र सुरज विक्रम थापाले संगीत भरेका छन् । उक्त फिल्ममा सम्पादनको जिम्मेवारी मित्र गुरुङले सम्हालेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै