• २०८१ बैशाख १४ शुक्रबार

काठमाडौँको तिनकुनेमा बसको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु

kharibot

काठमाडौँ। काठमाडौँको तिनकुने सडक खण्डमा आज बसको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुरमा पछाडी सवार काठमाडौको सिनामंगल बस्ने ६८ वर्षीया सानु गिरी रहेकी छिन् । 

आज दिउँसो साँढे ३ बजे एयरर्पोटबाट तिनकुनेतर्फ आउँदै गरेको बा ४ ख १११ नम्बरको बसले सोही दिशातर्फ आउँदै गरेको बा ९१ प ५४२७ नम्बरको स्कुटरलाई ठक्कर दिदा दुर्घटना भएको हो । 

दुर्घटनामा परि गिरीको घटनास्थलमै मृत्यु भएको हो । सवारी साधन र बस चालकलाई महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरले नियन्त्रणमा लिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै