• २०८१ बैशाख १५ शनिबार

साठी किलो चरेशसहित पाँच जना पक्राउ 

kharibot

दाङ। जिल्ला प्रहरी कार्यालय दाङले ६० किलो लागूऔषध चरेशसहित पक्राउ परेका पाँच जनालाई आज साँझ सार्वजनिक गरेको छ । सार्वजनिक हुनेमा रुकुम पुथा उत्तरगङ्गा गाउँपालिका स्थायी घर भई हाल घोराहीमा बस्ने ३० वर्षीया रुपा घर्ती, रुकुम भूमे गाउँपालिका–२ बस्ने २७ वर्षीया सपना पुन र सोही ठाउँकै ध्रुवजङ्ग बुढा रहेका छन् । 

जिप्रका दाङमा प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णहरि शर्माले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका हुन्। मुसीकोट नगरपालिका–११ का ४५ वर्षीय प्रेमबहादुर घर्ती र सल्यान दार्मा चौर गाउँपालिका–५ का ३५ वर्षीय डिल्लीराज चन्द रहेका छन् । 

विशेष सुराकीका आधारमा उनीहरुलाई शुक्रबार र शनिबार जिल्ला प्रहरी कार्यालय दाङको टोलीले लमही नगरपालिका–९ को अमेलीयामा लागूऔषध कारोवार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा छापा मार्दा पक्राउ गरेको पत्रकार प्रहरी प्रमुख पोख्रेलले जानकारी दिए । पक्राउ परेकालाई लागूऔषध चरेश कारोवार मुद्दा शीर्षकमा कारवाहीका लागि अगाडि बढाइसकेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै