• २०८१ बैशाख १४ शुक्रबार

बलात्कारीलाई फाँसीको माग गर्दै महिलाहरुको अर्धनग्न प्रदर्शन 

kharibot

काठमाडौँ।  बलात्कारीलाई कडा सजायँ हुनपर्ने माग गर्दै शनिबार काठमाडौंको माइतीघरमा महिलाहरुले अर्धनग्न  प्रदर्शन गरेका छन् । अर्धनग्न  प्रदर्शन मा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप गरेर पक्राउ गरेको छ । प्रदर्शनकारीलाई तितर वितर पारेर केहीलाई पक्राऊ गरी सिंहदरबारस्थित प्रहरी विटमा हिरासतमा राखेको छ। 

माईतीघरबाट बिजली बजार हुदै हनुमानस्थानसम्म बिरोध गरेर प्रर्दशनकारीहरु अनामनगरस्थित प्रहरी कार्याल पुगेका थिए  । प्रहरीले माथिको आदेश आउनासाथ छोड्दिने बताएपछि प्रदर्शनकारीहरु फर्किएका छन्  ।

पछिल्लो समय बलात्कारका घटना बृद्धि भएपछि बलात्कारीलाई फाँसी दिनुपर्ने, संविधान संशोधन गरी संविधानमा बलात्कारीलाई फाँसीको व्यवस्था गर्नुपर्ने माग राख्दै उनीहरुले कालो पेटीकोट लगाएर प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले प्रहरीले गरेको यस्तो व्यवहार यसअघि कहिल्यै नदेखिएको र  घटनाले  देशमा अधिनायकवाद आएको महसुस भएको उनीहरुले बताएका छन् ।  प्रदर्शनस्थलबाट सावित्री सुवेदी ,रिया भण्डारी, जस्मिन ओली,  सुरेश तिमिल्सिना र  सन्ध्या लामा लगायतलाई प्रहरीले पक्राउ गरेको छ। 

प्रदर्शनकारीले नियन्त्रणमा लिइएका महिलालाई तत्काल रिहाइको माग गरेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै