• २०८१ बैशाख १६ आइतबार

भारतीय पुर्व प्रधानमन्त्री अटलबिहारी बाजपेयीको स्वास्थ्य अवस्था नाजुक

kharibot

नयाँ दिल्ली।  भारतीय पुर्वप्रधानमन्त्री अटलबिहारी बाजपेयीको स्वास्थ्य अवस्था नाजुक रहेको छ।  भारतीय मिडियाहरुका अनुसार बाजपेयीलाई नयाँ दिल्लीस्थित एम्स अस्पतालमा भेन्टिलेटरमा राखिएको छ।  पछिल्लो तीन दिनदेखि बाजपेयी भेन्टिलेटरमा रहेको एएनआईले जनाएको छ।

मधुमेह रोग, किड्नीसम्बन्धि रोगबाट ग्रसित बाजपेयी पछिल्लो ९ हप्तादेखि एम्समा उपचाररत रहेको बताइएको छ। बाजपेयीको स्वास्थ्य अवस्था विग्रिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, उपराष्ट्रपति, मन्त्रीहरु लगायत अस्पताल पुगेर बाजपेयीको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन्। 

पछिल्लो २४ घण्टादेखि बाजपेयीको स्वास्थ्य बिग्रिएको बताइएको छ। एम्स अस्पतालले स्वास्थ्य बुलेटिन जारी गरेर बाजपेयीको अवस्था नाजुक बनेको र उनलाई लाइफ सपोर्ट सिस्टममा राखिएको जानकारी दिएको छ। 

बाजपेयी भारतीय जनता पार्टीका तर्फबाट प्रधानमन्त्री बन्ने पहिलो नेता हुन्।  उनी पहिलो पटक स न् १९९६ मा १३ दिनका लागि प्रधानमन्त्री बनेका थिए। त्यसपछि बाजपेयी सन् १९९८ मा १३ महिनाका लागि दोस्रो कार्यकाल पधानमन्त्री बनेका थिए भने उनी सन् १९९८ को मार्च १९ देखि २००४ को मे सम्म तेस्रो पटक भारतको प्रधानमन्त्री बनेका थिए।      

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै