• २०८१ बैशाख १४ शुक्रबार

विद्यालयका लेखा सहायक घुस रकम सहित पक्राउ

kharibot

रौतहट।  रौतहटको गौरस्थित जुद्द माध्यमिक विद्यालयका लेखा सहायक प्रमोद ठाकुर ४५ हजार रुपैयाँ घुस रकम सहित पक्राउ परेका छन् । 

ठाकुरलाई अख्तियारको हेटौंडा कार्यालयको टोलीले आज सेवाग्राहीसँग घुस लिईरहेको अवस्थामा पक्राउ गरेको हो । 

उनीमाथि जुद्द विद्यालय भवन निर्माणका क्रममा घुस लिएको आरोप छ । भवन निर्माणको बिल भुक्तानीका क्रममा लेखा सहायक ठाकुरले ठेकेदारसँग रकम लिएको प्रहरीले जनाएको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै