• २०८१ बैशाख १६ आइतबार

प्रकाण्डलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश

kharibot

काठमाडौँ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विक (प्रकाण्ड)लाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ।

यस अघि सुरुमा ५ दिन र त्यसपछि ३ तिनको म्याद थपिएकोमा आज जिल्ला अदालत काठमाडौंबाट दुईको म्याद थपिएको हो।

गत बुधबार चन्दा उठाएको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई पक्राउ गरेको थियो। त्यसपछि पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरू गरेको थियो। आइतबार पुन: थप तीन दिन म्याद थप गरिएको थियो ।

यसैबीच सर्वोच्च अदालतले ४८ घण्टाभित्र प्रकाण्डलाई सर्वोच्चमा हाजिर गराउन आइतबार आदेश दिएको थियो । आइतबार दायर भएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले सरकारसँग लिखित जवाफ मागेको हो । सर्वोच्चले बाटोको म्यादबाहेक ४८ घन्टाभित्र बन्दीसहित लिखित जवाफ दिन निर्देशन दिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय