एनआईसी एशियाले गर्यो चौथो पटक डलरको आयात, ग्राहकले रित्तो हात फर्किनु नपर्ने

खरीबोट

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले विदेश जाने नेपालीहरुका लागि आवश्यक पर्ने डलरको माग पूरा गर्नका लागि विदेशबाट नगद डलरको आयात जारी राखेको छ ।

बैंकले दशैं तथा तिहारको अवसर पारेर बिदा मनाउन विदेश जानेहरुको संख्या बढ्ने र डलरको माग पनि बढ्ने भएकाले उक्त मागलाई पूर्ति गर्नका लागि चौथो पटक ५० लाख नगद डलर आयात गरी ग्राहकहरुलाई उपलब्ध गराउन शुरु गरेको जानकारी दिएको छ ।

यसअघि बैंकले तीन पटक गरेर ६० लाख नगद डलर आयात गरी नेपाली ग्राहकहरुलाई उपलब्ध गराइसकेको बैंकले बताएको छ । बैंकले काठमाडौं उपत्यकाका सबै शाखाहरुमा प्रशस्त मात्रामा नगद डलर रहेकाले कुनै पनि ग्राहकले डलर नपाएर फर्कनुपर्ने अवस्था नरहेको बताएको छ ।

यसअघि नगद अमेरिकी डलरको अति न्यून मात्रामा आपूर्ति भएका कारण ग्राहकहरुलाई पर्न गएको असजतालाई सम्बोधन गर्ने हेतुले नेपाल राष्ट्र बैंकद्वारा ‘क’ वर्गका बैंकहरुलाई विदेशवाट नगद डलर आयात गरी सप्लाइ गर्न परिपत्र जारी भएपछि विदेशबाट डलर आयात गर्ने एनआईसी एशिया पहिलो बैंक बनेको थियो । 

डलर साट्न आउने ग्राहकले साथमा पासपोर्ट र हवाई टिकेट पनि लिएर आउनुपर्ने तथा त्यस्तो कागजात पूरा गरी आउने प्रत्येक ग्राहकलाई नियमानुसार २ हजार ५ सय डलरसम्म उपलब्ध गराउन सकिने बैंकले जानकारी दिएको छ । 

बैंकले हालका लागि काठमाडौँ भित्रका सम्पूर्ण ३२ शाखा कार्यालयहरु (त्रिपुरेश्वर, जावलाखेल, न्यूरोड खिचापोखरी, बनेपा, भक्तपुर, कलंकी, क्षेत्रपाटी, महाराजगंज, सामाखुसी, बौद्ध, बागबजार, कौशलटार, ग्वार्को, खुमल्टार, सुकेघारा, डिल्लीबजार, न्यूरोड विशालबजार, कमलादी, पुल्चोक, बत्तीसपुतली, किर्तिपुर, सातदाबाटो, टेकु, पेप्सीकोला, थानकोट, ठमेल, नयाँ बानेश्वर, थापाथली रजिष्टर्ड कार्यालय शाखा, बालाजु, कपन, लाजिम्पाट र गोल्फुटार) बाट सहज रुपमा उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।

साथै, यस बैंकले विदेश जाने ग्राहकहरुलाई भिसा इन्टरनेश्नल डेभिट कार्ड मार्फत पनि अमेरिकी डलर सटही सुविधा प्रदान गर्दै आएको छ । 
 

सम्बन्धित समाचार

राष्ट्र बैकद्धारा एनआईसी एशिया बैंकको लाभांस स्वीकृत

काठमाडौं ।  एनआईसी एशिया बैकको २० प्रतिसत बोनस सेयर र कर प्रयोजनको लागि एक दसमलव पाँच प्रतिसत नगद लाभांस स्वीकृत भएको छ । नेपाल राष्ट्र बैकले एनआईसी एशियालाई उक्त अनुपातमा बोनस तथा

एनआईसी एशियाले गर्यो चौथो पटक डलरको आयात, ग्राहकले रित्तो हात फर्किनु नपर्ने

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले विदेश जाने नेपालीहरुका लागि आवश्यक पर्ने डलरको माग पूरा गर्नका लागि विदेशबाट नगद डलरको आयात जारी राखेको छ । बैंकले दशैं तथा तिहारको अवसर पारेर बिदा मनाउन

एनआईसी एशिया बैकद्धारा शाखा रहित सेवा सुरु 

काठमाडौ । एनआईसी एशिया बैैकले शाखा रहित सेवा सुरु गरेको छ । बैैकले ग्रामीण तथा दुर्गम जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्ने सँगसँगै गाउँ गाउँमा वित्तीय पहुँच तथा वित्तीय

एनआईसी एशिया बैंकको साधारण सभा सम्पन्न, २० प्रतिशत बोनस सेयर दिने 

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडको २०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।  साधारण सभाले चुक्ता पूँजीको २० प्रतिशतका दरले १ अर्ब ३३ करोड ८५ लाख १९ हजार ५ सय बोनस