• २०८१ बैशाख १४ शुक्रबार

सुन तस्करीमा संलग्न ठुला माछा छानबिनको दायरामा - गृहमन्त्री थापा 

kharibot

काठमाडौँ। नेपालमा पछिल्लो तीन वर्षयता मात्रै करिब ४ हजार किलो सुन तस्करी भएको खुलासा भएको छ।

गृहमन्त्री रामबहादुर थापाले पछिल्लो तीन वर्षयता मात्रै करिब ४ हजार किलो सुन नेपालका तस्करी भएको जानकारी दिएका हुन्। उनले मंगलबार संघीय संसद दीगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै सुन तस्करीमा संलग्न समूहलाई पनि कारबाहीको दायरामा ल्याइएको पनि खुलासा गरे।

गृहमन्त्री थापाले नेपालमा सुन तस्करी हुने मुख्य ठाउँ भने दुवई रहेको पनि छानबिनबाट पत्ता लगाइएको बताए।

३३ किलो सुन तस्करीका लागि गठित छानबिन समितिले सुन तस्करीमा संलग्न ठुला माछालाई पनि छानबिनको दायरामा ल्याएको गृहमन्त्री थापाको दाबी छ। गृहमन्त्री थापाले सुन तस्करीको सञ्जाल ध्वस्त पार्न सरकार सफल भएको दाबी पनि गरे।

गृहमन्त्री थापाले सरकारले संघीयता अनुसार प्रहरीको संरचनाको कामलाई पनि अघि बढाइएको जानकारी दिए। उनले प्रहरीको सरुवा, बढुवा मापदण्ड बनाएर गर्ने कामको सुरुवात आफूले गरेको दाबी पनि गरे।

विगतमा प्रहरीको सरुवा, बढुवामा राजनीति हुने गरेको उल्लेख गर्दै गृहमन्त्री थापाले अब त्यसो हुन नदिने प्रतिबद्धता पनि व्यक्त गरे। गृहमन्त्री थापाले सडकलगायतका पूर्वाधार निर्माणको काममा ढिलाइ गर्ने ठेकेदारहरूलाई कारबाही गर्ने कामलाई पनि सरकारले निरन्तरता दिइरहेको पनि बताए।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै