• २०८१ बैशाख १५ शनिबार

मनाङ एयरको हेलिकोप्टरको पंखाले लागेर नेहटाको मृत्यु

kharibot

फाइल तस्बीर

हुम्ला। हुम्लाको हिल्सामा मनाङ एयरको हेलिकोप्टरको पंखाले लागेर एक जना भारतीयको मृत्यु भएको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले अपराह्न सवा ३ बजे यात्रु ओराल्दै गर्दा पछाडिपट्टिको पंखाले लागेर भारतको मुम्बइका ४२ वर्षीय नविन्द्रकुमार कात्तिक नेहटाको मृत्यु भएको जानकारी दिए । 

हेलिकोप्टर सिमकोटबाट हिल्सातर्फ उडेको थियो । जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ गएको छ । नेहटारको शव भोलि हिल्साबाट सदरमुकाम सिमिकोट ल्याइने पोखरेलले जानकारी दिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै