• २०८१ बैशाख २९ शनिबार

झट्ट हेर्दा पैतालाजस्तो के होला यो अनौठो खानेकुरा ? 

kharibot

युरोप । झट्ट हेर्नेले यसलाई मान्छेको खुट्टाको पैताला अनुमान गर्छन् तर वास्तवमा यो पैताला नभई एउटा आठ किलोग्राम तौलको तरुल हो ।

मान्छेको पैतालाकारमा फलेका कारण यस्तो भएको हो । ब्राजिलको सान्टा कान्टारिना राज्यमा रहेको मेलेइरो सहरका मार्ली र पाउलो सिक्विनेल नामका किसानले यस्तो तरुल फलाएका हुन् । 

तस्बिरमा देखिने उक्त तरुल साँच्चै मान्छेकै पैतालाजस्तो देखिन्छ । यसमा हरेक औँलाहरु दुरुस्त छन् मान्छेका झैँ । औँलामा आउने रौँजस्तै पनि देख्न सकिन्छ तरुलमा । घुँडा आकारसम्म यो तरुल मान्छेकै खुट्टा जस्तै देखिन्छ । उक्त तरुलमा एउटा औँलाचाहिँ बढी देखिन्छ । उक्त किसान जोडीहरुले आफ्नै खेतीमा उक्त तरुल फलाएका हुन् । 

उनीहरुले सबैलाई देखाउन उक्त तरुल प्रदर्शनीका लागि सार्वजनिक स्थलमा राख्ने समेत बताएका छन् । 

यो जोडीले विशेषगरी आफ्नै उपभोग प्रयोजनका लागि खेती गर्ने गरेका छन् । त्यसो त यिनीहरुले उक्त तरुल खानेछैनन् ।

उनीहरुले विगत ६ वर्षयता तरुल-आलुखेती गर्दै आएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय