• २०८१ बैशाख १४ शुक्रबार

सांसदले राखे बाँदर नियन्त्रण गर्न सरकारसँग माग 

kharibot

काठमाडौँ।  प्रतिनिधि सभाको आजको बैठकको शुन्य समयमा सांसदहरुले देशका विभिन्न समस्याका बारेमा आफ्ना कुरा राखिरहेका छन्।  

यसै सन्दर्भमा सांसद नारायण प्रसाद मरासिनीले  स्याङजा जिल्लामा बाँदर आतंकको समस्या उठाएका छन्। उनले बादरले करोडौको अन्न बाली र फलफुल नोक्सान गरेको भन्दै बादर नियन्त्रणको माग गरेका छन्। 

आफ्नो भनाई राख्दै सांसद मरासिनीले भने, 'कथा र बेथाहरु छुट्टै खालका छन् सभामुख रहेका छन् सभामुख महोदय। यस अन्तर्गत मैले एउटा कथाको बारेमा भन्न गैरहेको छु। स्याङजा जिल्लाका विभिन्न गाउँपालिकाहरु र नगरपालिकाहरुमा हुलका हुल बथानका बथान बाँदरको समुह प्रवेश गरेर करोडौको अन्न बाली र फलफुल नोक्सान गरिरहेका छन्।  केसी समय पछि सुन्तला लगायतका फलफुलको पनि सिजन आउन लागेकोले यो जटिल समस्याका रुपमा देखिएकाले यसको समाधानका लागि आग्रह गर्दछु।'     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै