तुलसीपुर उपमहानगरपालिकाद्वारा असारे योजना रोक्ने निर्णय

खरीबोट

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले असार महिनामा योजना सम्पन्न गर्ने प्रवृत्ति अन्त्य गर्ने निर्णय गरेको छ ।

अधिकांश बजेटको कार्यान्वयन असारमा हुने र आर्थिक वर्षको अन्तमा विकास र निर्माणका कार्यमा तदारुकता देखाउने गरेकाले उपमहानगरपालिकाले यस्तो निर्णय गरेको हो । पैसा फ्रिज हुन नदिनका लागि मात्रै योजना सम्पन्न गर्ने प्रवृत्तिको हामीले अन्त गर्न खोजेका हौँ,” उपमहानगरप्रमुख घनश्याम पाण्डेले भने ।

उनले छिटो गरिएका विकास तथा निर्माणका काम दिगो र प्रभावकारी नहुने भन्दै समयमै योजना सम्पन्न गर्नका लागि उपमहानगरपालिकाको ४० औँ कार्यपालिका बैठकबाट प्राथमिकताका आधारमा योजनाको वर्गीकरण गरेर काम गर्ने योजना अगाडि सारेको बताए ।

कार्यपालिका बैठकले गरेको निर्णयअनुसार योजनालाई तीन चरणमा विभाजन गरिने भएको छ । पहिलो चरणमा जनताका लागि अत्यावश्यक योजना राखिने र दोस्रो तथा तेस्रो चरणमा कम आवश्यकताका योजनालाई प्राथमिकतामा राखेर काम गरिने उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत आनन्द सारुले बताए । उनले कार्यपालिकाले पारित गरेका सबै बजेटको कार्यान्वयन सुनिश्चित नहुने भएकाले अत्यावश्यक योजना नछुटुन भनेर यस्तो गरिएको पनि जानकारी दिए ।

उपमहानगर प्रमुख पाण्डेले योजनाको व्यवस्थापनका साथै विकासलाई प्रभावकारी बनाउन प्राथमिकताको आधारका योजना वर्गीकरण गरिएका हुन् भने ।

योजनाको प्राथमिकीकरणअन्तर्गत पहिलो चरणमा हुने योजनाको सम्झौता पुस मसान्तसम्म, दोस्रो चरणको सम्झौता फागुन मसान्त र तेस्रो चरणको सम्झौता वैशाख १५ सम्म हुने भएको छ । सबै योजनाको सम्झौता भदौबाट शुरु हुने छन् ।

नयाँ बजेट प्रणालीअन्तर्गत पुस महिनाभित्र बजेटको विश्लेषण गरेर दोस्रो र तेस्रो प्राथमिकतामा परेका योजनामा कति रकम छुट्याउने भन्ने कुराको निक्र्यौल गरिने बताइएको छ ।

सम्बन्धित समाचार

दाङमा बाढीले बगाएको यात्रुवाहक बस !

तुलसीपुर–घोराही सडकखण्डको ग्यार खोलामा आइतबार साँझ आएको बाढीले बगाएको बस लिकाल्ने प्रयास गरिँदै । बसमा यात्रा गरेका १२ जना यात्रु घाइते भएका छन् । तस्वीर : बालाराम खड्का, दाङ, रासस

दाङमा सबैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा

तुलसीपुर / दाङ देउखुरी जिल्ला अदालतमा बितेको आर्थिक वर्षमा अन्य मुद्दाको तुलनामा सबैभन्दा बढी ६४० सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् ।  अदालतका न्यायाधीश हेमन्त रावलले दिएको जानकारीअनुसार दर्ता भएका ती

दाङमा बसले किच्दा एक पैदल यात्रुको मृत्यु

दाङ / ना ५ख ५७६८ नंको बसले किच्दा तुलसीपुरमा आज एकजना पैदल यात्रुको घटनास्थलमा नै मृत्यु भएको छ ।  तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रमुख प्रकाश सापकोटाका अनुसार अनुसार तुलसीपुर बसपार्कतर्फ गइरहेको सो

 दाङको टवाङ् खोलाले बस बगायो, यातायात ठप्प

 दाङ / पश्चिम दाङको बबई गाउँपालिका–५ मा पर्ने टवाङ्खोलामा आज आएको बाढीले ना१ख १८६१ नंको यात्रुबाहक बस बगाएको छ ।  स्थानीयवासी तथा प्रहरीले उद्धार गरेकाले बस बगाएपनि मानवीय क्षति भने नभएको