• २०८१ बैशाख १५ शनिबार

आदत (कविता)

kharibot

देवकोटा सविता समदृष्टि

विहानको सूर्यका किरण सँगै
नयाँ पालुवा ,नयाँ घाम सँगै
वर्षभरीका थकाइलाई पर सारी
आँसु अनि सुस्केरालाई बढार्दै
खुशी लिइ आएकी हौ तिमी।।

आँखामा गुराँस  फुलाउँदै 
हातभरी सयपत्री , मखमली
मनभरी अनि मुहारभरी 
सुनगाभा र मधूमालती फक्राउँदै
खुशी लिइ आएकी हौ तिमी ।।

मन बिचको दुरीलाई , भोगाइलाई
आरोह अबरोहलाई सहजैसंग
सामना गर्न मीठास पूर्ण पवनको
संगितमय धुन बनी हिमाल पहाड
अनि तराइमा नयाँ सोच बिचार बोकी
खुशी लिइ आएकी हौ तिमी।।

बिगतका वर्ष झैँ यो वर्ष पनि
हर्ष उल्लासका साथ तमाम
दिदी बहिनीको आमाको दैलो
र आँगनमा सौगात बोकी
शुभत्वको संकेत दिँदै 
खुशी लिइ आएकी हौ तिमी ।।

रातो साडी नाडीभरी छिनछिन
बज्ने ति राता हरिया पहेला
चुराहरू अनि पोते सँगै 
मितेरीको साइनो लगाउँदै
सधैँ झैँ उस्तै बनी आएकी
मनभरी खुशीको गीत गाउँदै
आएकी हौ तिमी तीज  ।।

खुशी लिइ आएकी हौ तिमी
खुशी लिइ आएकी हौ तिमी।।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै