• २०८१ बैशाख २६ बुधबार

गुलाबको आत्महत्या (कविता)

kharibot

कृष्ण कञ्चन

जिन्दगी, 
आफ्नो कहिल्यै भएन 
स्वतन्त्रता को नाममा केवल 
फूल्न मात्र पाएको हो ,  
सँधै ओईलिन , झर्न र मर्न
निरङ्कुशको हातमा पर्नु पर्छ । 

कोहि भगवान को नाममा टिप्छन् 
र चढाउँछन् गला रेटेर पत्थरलाई 
फूल्दै गरेको गुलाब ! 

कोहि खुशी पार्न प्रेमीका 
लुटिदिन्छन फक्रिदै गरेको गुलाब ।

एउटा को अस्तित्व मेटेर 
कति दिन बाँच्छन् होला यहाँ 
मन नभएका मान्छे हरू । 

त्यसैले 
आफ्नो जिन्दगी अरूकै गुलाम बनेपछि 
बगैँचामा गुलाबहरूले आत्महत्या गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै