राप्रपा अलग पहिचान बोकेको पार्टी हो : अध्यक्ष थापा

खरीबोट

पोखरा। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्थासहितको लोकतन्त्र वर्तमानमा पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् । 

राप्रपा गण्डकी प्रदेश कार्यालयको आज पोखरामा शुभारम्भ गर्दै उनले आम नागरिक हिन्दूराज्य र राजसंस्थासहितको लोकतन्त्रका पक्षमा रहेको बताए । 

राप्रपा नेपालको राजनीतिमा फरक विचार र अलग पहिचान बोकेको पार्टी भएको बताउँदै उनले पार्टीले राष्ट्रियता, प्रजातन्त्र, हिन्दूराष्ट्र र उदार अर्थनीति अघि सारेको उल्लेख गरे । 

पार्टीको केन्द्रीय कार्य समितिले देशैभरि हिन्दूराष्ट्र पुनःस्थापना जागरण अभियान शुरु गरेको र त्यो अभियान प्रत्येक घरदैलोमा पुर्याएर जनताको मन जित्नुपर्नेमा उनको जोड छ । 

गण्डकी प्रदेश कार्यसमितिका अध्यक्ष हेमजंग गुरुङले प्रदेश कमिटीलाई सशक्त बनाउँदै प्रत्येक स्थानीय तह र टोलटोलमा हिन्दूराष्ट्र जागरण अभियान सञ्चालनमा ल्याइने बताए।  
 

सम्बन्धित समाचार

राप्रपा अलग पहिचान बोकेको पार्टी हो : अध्यक्ष थापा

पोखरा। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्थासहितको लोकतन्त्र वर्तमानमा पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् ।  राप्रपा गण्डकी प्रदेश कार्यालयको आज पोखरामा शुभारम्भ गर्दै उनले आम नागरिक हिन्दूराज्य र राजसंस्थासहितको

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको सरकारविरुद्ध प्रदर्शन, सुरक्षा कायम गर्न माग 

काठमाडौँ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा आवद्ध राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले देशमा शान्ति, सुरक्षा कायम गर्न माग गर्दै सरकारविरुद्ध प्रर्दशन गरेको छ । संगठनले महिला र बालबालिकामाथि श्रृखलाबद्ध हत्या, हिंसा र

सिद्धान्त र बिचार परित्याग गरेर पार्टी एकता हुन सक्दैन : राप्रपा सह-महामन्त्री गुरुङ 

धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टीका सह-महामन्त्री चन्द्रबहादुर गुरुङले पार्टी एकताको नाममा  बिचार र सिद्धान्तलाई परित्याग गरेर पार्टी एकता हुन नसक्ने बताएका छन् ।  कैलालीको धनगढीमा शनिबार आयोजित राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको

राप्रपाले भन्यो -संवैधानिक अङ्गमा नियुक्तिको पद्धति त्रुटिपूर्ण

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले संवैधानिक परिषद्ले सिफारिस गरेको व्यक्ति संसदीय सुुुनुवाइ विशेष समितिबाट अस्वीकृत हुनाले संवैधानिक अङ्गमा नियुक्तिको पद्धति नै त्रुटिपूर्ण र असफल प्रमाणित भएको विचार राखेको छ ।  प्रस्तावित