अर्थमन्त्री खतिवडासँगको ईन्जाको अन्तरक्रिया सम्पन्न 

खरीबोट

वाशिंगटन डिसी। अमेरिका भ्रमणमा रहेका नेपाल सकारका अर्थमन्त्री डा युवराज खतिवडासँग अन्तराष्ट्रिय नेपाली पत्रकार  संघ (ईन्जा) ले एक कार्यक्रमका वीच डिसीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। 

नेपाली राजदूतावासको समेत सहकार्यमा सम्पन्न सो कार्यक्रममा आफ्नो भ्रमणको उदेश्यका बारेमा प्रकाश पार्दै अर्थमन्त्री डा खडिवडाले नेपाल सरकारको आर्थिक नितिका बारेमा सरोकारवाला दाताहरूसंग अन्तरक्रिया गरी प्राथमिकताका कार्यक्रमहरू र आवस्यक सहयोगको जानकारी र अनुरोध गरेको बताए । 

सो अवसरमा पत्रकारहरूले सोधेको प्रश्नमा जानकारी दिदै डा.खतिवडाले नेपालको दिगो विकासकालागी सहकार्य र सहयोग गर्दै आएको विश्व वैंकका पदाधिकारीहरू लाई प्रस्तावित निति तथा कार्यक्रमहरूमा जानकारी गराईएको बताए।  साथै, नेपाल सरकारको आर्थिक कार्यक्रम अनुरूप तत्काल चालु आयोजनाका अतिरिक्त ठूला आयोजनाको निर्माणमा विश्व बैंकले परियोजना विकासमा समेत सहयोग गर्न नेपाल सरकारका तर्फबाट अनुरोध गरिएको अर्थमन्त्री डा.खतिवडाले जानकारी गराए ।

तीन दिनसम्म चलेको नेपाल र विश्व बैंकको नेपाल सहायतासम्बन्धी उच्चस्तरीय बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आफ्नो नेतृत्वमा अमेरिकाका लागि नेपालका राजदूत डा अर्जुनकुमार कार्की र अर्थ मन्त्रालय वैदेशिक सहायता समन्वय महाशाखाका प्रमुख सहसचिव श्रीकृष्ण नेपालसहितको प्रतिनिधिमण्डलले सहभागिता जनाएको जानकारी गराए । विश्व वैंकसँग बुधवार सम्पन्न  भएको बैठकले नेपालको लगानी सम्बन्धी ढाँचा पारित गर्ने र नेपाल र नेपालीका लागी सहयोग प्राप्त हुने अपेक्षा गरेको बताए । 

कार्यक्रममा ईन्जाका प्रमुख संरक्षक राम चन्द्र खरेलले अर्थमन्त्री डा खतिवडालाई स्वागत गर्दै नेपाल र नेपाली जनताको हितमा ईन्जाले सदैव आफ्नो सहयोग र सदभाव राख्ने बताए । 

ईन्जाका सल्लाकार हरि अधिकारले नेपाल सरकारले जनताको जिवनस्तर उकास्नकालागी अपनाउनु पर्ने आधारभूत आर्थिक नितीका वारेमा सुझाव पेश गरेका थिए ।

ईन्जाका अध्यक्ष गुणराज लुईटेलले संस्थाको परिचय दिंदै विश्व भरी छरिएका नेपाली संचारकर्मीहरू लगायत सरोकारवाला संघ संस्थाहरूलाई आवस्यक सहयोग प्रदान गर्न पॉचै महासागरिय नेटवर्किंगको काम सम्पन्न भएको जानकारी गराए । ईन्जा अमेरिकामा दर्ता भएको एउटा गैर नाफामूलक संस्था हो र यसले एउटा डोनर एजेन्सीका रूपमा कार्य गर्ने भएकाले यसका कार्यक्रमहरू अमेरिका लगायत विभिन्न मूलुकहरूमा संचालन गरिने हुंदा आफु नेपाल सरकार र सरोकारवाला संघ संस्थाहरूसंग सहकार्य गर्न उत्साहित भएको जानकारी गराए ।
 
 

सम्बन्धित समाचार

अर्थमन्त्री खतिवडासँगको ईन्जाको अन्तरक्रिया सम्पन्न 

वाशिंगटन डिसी। अमेरिका भ्रमणमा रहेका नेपाल सकारका अर्थमन्त्री डा युवराज खतिवडासँग अन्तराष्ट्रिय नेपाली पत्रकार  संघ (ईन्जा) ले एक कार्यक्रमका वीच डिसीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।  नेपाली राजदूतावासको समेत सहकार्यमा सम्पन्न