अमेरिकी प्रतिबन्धका कारण रुसी मुद्राको भारी अवमूल्यन

खरीबोट

मास्को। अमेरिकाले रुसविरुद्ध घोषणा गरेको पछिल्ला आर्थिक प्रतिबन्धहरुका कारण अमेरिकी डलरको तुलनामा रुसी मुद्रा रुबल दुई वर्षयता सबैभन्दा बढी अवमूल्यन भएको छ । बेलायतमा बस्दै आएका एकजना पूर्व रुसी जासुसमाथि स्नायू प्रणालीमा असर पार्ने घातक आक्रमण गरेको विरोध स्वरुप अमेरिकाले प्रतिबन्धहरु घोषणा गरेको हो । 

वासिङ्टनको दण्डात्मक कारबाहीका कारण बिहीबार बिहान अमेरिकी डलरको तुलनामा रुबलको मूल्य ६६.४८ पुगेको छ । यो मूल्य नोभेम्बर २०१६ यताकै सबैभन्दा कम हो । 

अमेरिकी प्रतिबन्धको असर रुसी सेयर बजारमा पनि परेको छ । रुसी स्टक एक्सचेन्ज ३.२ प्रतिशतले घटेको छ भने मोएक्स इन्डेक्स झण्डै १.२ प्रतिशतले तल झरेको छ । रुसी बैंकहरुको सेयर पनि ओरालो लागेको छ । राज्य सञ्चालित स्बरबैंकको सेयर ४.७ बिन्दुले घटेको छ । 

अमेरिकी विदेश मन्त्रालयले बुधबार मात्र नयाँ प्रतिबन्धहरुको घोषणा गरेको थियो । बेलायतमा बसोबास गरिआएका बेलायती नागरिक सर्गेई स्क्रीपाल र उनकी छोरी युलियामाथि गत मार्च महिनामा रुसी जासुसहरुले नोभिचोक नामको स्नायूप्रणालीमा असर पार्ने एजेन्टले आक्रमण गरेका थिए । 

अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरी रासायनिक वा जैविक हतियार प्रयोग गरेको देखिएकोले रुसमाथि यस्तो कारबाही गर्नु परेको हो, अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता हिथर नर्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

प्रतिबन्ध अन्तर्गत “राष्ट्रिय सुरक्षा संवेदनशील” अमेरिकी प्रविधिहरु रुसलाई बेच्न पाइने छैन । यस्ता प्रविधिहरुमा विद्युतीय उपकरणहरुका साथै क्यालिब्रेसन उपकरणहरु रहेका छन् । विगतमा यस्ता उपकरणहरु निर्यात गर्न दिइएको थियो । 

रुसले युक्रेनमाथि गरेको व्यवहारका कारण लागेको अन्तर्राष्ट्रिय प्रतिबन्ध तथा त्यही वर्ष तेलको मूल्यमा आएको भारी गिरावटका कारण रुसको अर्थतन्त्र सन् २०१४ को अझै तङ्ग्रिन सकेको छैन । दुई वर्षको आर्थिक संकटपश्चात सन् २०१७ बाट रुसको अर्थतन्त्र सही बाटोमा आएको थियो । 

यसैबीच, अमेरिकाले लगाएको प्रतिबन्ध अस्वीकार्य रहेको भन्दै रुसले आपत्ति जनाएको छ, तर अमेरिकासँगको सम्बन्ध रचनात्मक दिशातर्फ उन्मूख हुने अपेक्षा गरिएको छ । 

“अमेरिकाले लगाएको नयाँ प्रतिबन्ध गैरकानुनी छ, यो अस्वीकार्य पनि छ,” क्रेमलिनका प्रवक्ता डिमित्री पेस्कोभले बताए । 

सम्बन्धित समाचार

अमेरिकामा धर्मगुरुद्वारा एक हजार बालबालिकामाथि यौन दुर्व्यवहार गरिएको प्रतिवेदन सार्वजनिक 

ह्यारिसबर्ग, अमेरिका। एकजना धर्मगुरुले एक सात वर्षीया बालिकालाई बलात्कार गरे । अर्का धर्मगुरुले नौ वर्षका बालकलाई मुखमैथुन गर्न बाध्य तुल्याए र ती बालकको मुख शुद्ध बनाउन पवित्र पानी छर्किए ।  अमेरिकाको

सौर्य प्यानलमा अमेरिकाले गरेको करबृद्धि विरुद्ध चीनको डब्लुटीओमा उजूरी

बेइजिङ। एपी अमेरिकाले सौर्य प्यानलमा गरेको करबृद्धि विरुद्ध चीनले विश्व व्यापार संगठन (डब्लुटीओ) मा चुनौती दिने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार र प्रविधिका क्षेत्रमा करबृद्धि गर्ने योजनाकै यो

टर्कीको एक अदालतले अमेरिकी पादरीलाई रिहा गर्न अस्वीकार

इस्ताबुल। टर्कीको एक अदालतले अमेरिकी पादरी एन्ड्रेयू ब्रन्सनलाई रिहा गर्न आग्रह गरिएको निवेदनलाई अस्वीकार गरेको छ ।  आतङ्कवादको अभियोगमा टर्कीले ब्रन्सनलाई थुनामा राखेका कारण अमेरिका र टर्कीबीचको सम्बन्धमा पछिल्लोपटक सङ्कट उत्पन्न

ओरालो लाग्दै चिनियाँ अर्थतन्त्र, अमेरिकासँगको व्यापारिक विवादले समस्या बढ्यो 

बेइजिङ। पछिल्लो पटक मङ्गलबार सार्वजनिक गरिएको तथ्याङ्कले चीनको अर्थतन्त्रमा अझ कमजोरी आएको सङ्केत देखा परेको छ । विवरण अनुसार, आर्थिक वर्षको पहिलो साता महिनामा लगानी सबैभन्दा न्यून बिन्दुमा झरेको छ