• २०८१ बैशाख १४ शुक्रबार

बलात्कारीलाई फाँसीको माग गदै झापामा बिरोध र्याली 

kharibot

झापा। झापाका महिला तथा युवाहरुले  बलात्कारीलाई फाँसीको माग गदै  आज बिरोध र्याली  निकालेका छन् । दैनिक जसो महिला हिंसा तथा बलात्कारका घटना घटेको बिरोधमा झापाका महिलाहरुले नारा, जुलुस लगाउँदै बिर्तामोड नगर परिक्रमा गरेका छन्  ।  

सडकमा निस्किएका महिलाहरुले  बलात्कारीलाई फाँसीको माग गरेका छन्  । छोरीचेली समाजमा पूजिनुपर्छ बलात्कार गरेर मारिनु हुँदैन् भन्ने उनीहरको माग रहेको छ । 

खरीबोटसँग कुरा गदै महिला अधिकारकर्मी सावित्रि सुवेदीले शिक्षित जिल्ला झापामा निरन्तर  बलात्कारका घटना भईरहनु दुख्द भएको बताईन्  । यस्तो बेला स्थानीय सरकार चुप लागेर बसेको उनले आरोप लगाईन् ।  उनले भनिन् ,  "कहिलेसम्म हामी छोरीचेली बलात्कृत भएर मर्ने, हामीले अधिकार पाइसक्यौँ , घरघरमा सिंहदरबार आइसक्यो  भनिन्छ, तर हाम कोही सुरक्षित छैनौँ ।" 

अधिकारकर्मी सुवेदीले बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने माग गरीन् ।  बलात्कृत भएर उजुरी गर्न जाँदा प्रहरी प्रशासनले प्रमाण माग्ने र स्थानीय सरकारमा जाँदा राजनीतिकरण गरीने उनको भनाई छ ।  आफुले ६ महिनामा देशभरी २७ वटा र झापामा मात्रै ७ वटा बलात्कारीका घटनामा न्यायको लागी लडेको बताईन्  ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै