• २०८१ बैशाख १४ शुक्रबार

नोटमा केरमेट गरे तीन महिना जेल सजाय हुनसक्ने

kharibot

काठमाडौं। आगामी भदौ एक गतेबाट नेपालको कुुनै पनि नोटमा केरमेट गरीमा तीन महिनासम्म जेलमा बस्नुु पर्ने भएको छ । 

नेपाल राष्ट्र बैंकले सबै किसिमका बाँणिज्य बैंक, बिकास बैक, फाईनान्स कम्पनी एवं लघुबित्त बित्तीय संस्था समेतको नाउँमा परिपत्र जारी गर्दे उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको हो । 

मुुलकी अपराधसंहिता ऐन २०७४ को परिच्छेद २२ को मुुद्रासम्बन्धी कसुरअन्तर्गतको दफा २६३ को उपदफा (२) मा कसैले बैंक नोटमा लेख्न वा कोर्न हुुदैन र सोही दफाको उपदफा (३) मा उपदफा (२) बमोजिमको कसुुुर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँ जरिवाना हुुने छ, भन्ने व्यवस्था रहेको छ । सो अनुुसार नै उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएका हौं, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाद्धारा हस्ताक्षरित परिपत्रमा भनिएको छ । 

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ६१ ले दिएको अधिकार प्रयोग गरी उक्त व्यवस्था कार्यान्वयनमा ल्याउनलागेको राष्ट्र बैंकले जानकारी दिएको छ । उक्त व्यवस्था कार्यान्वयनमा राष्ट्र बैंकले बोर्धाथकोरुपमा नेपाल राष्ट्र बैंक गर्भनर तथा डेपुुटी गर्भनरको कार्यालय, अर्थमन्त्रालय, नेपाल बैंकर संघ, नेपाल डेभलपमेन्ट बैंकर संघ, नेपाल बित्तीय संस्था संघ, नेपाल लघुबित्त बैंकर संघ समेतलाई बोधार्थको रुपमा उल्लेख गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै