इन्डोनेसियाको लोम्बोकमा पुनः ५.९ रेक्टरको भूकम्प 

खरीबोट

फाइल तस्बिर

इन्डोनेसिया । बिहीबार लोम्बोकमा पुनः ५.९ रेक्टर स्केलको भूकम्प गएको छ । अमेरिकी भूगर्भ अनुसन्धान केन्द्रका अनुसार गत आइतबार गएको ६.९ रेक्टरको भूकम्प गएको राज्यमा पुनः शक्तिशाली भूकम्प गएको हो । 

आइतबारको भूकम्पमा झण्डै ३ सय ५० मानिस मरेको इन्डोनेसियाली मिडियालाई उद्धृत गर्दै सीएनएनले जनाएको छ । यद्यपि आधिकारिक रुपमा भने १ सय ३१ को मृत्यु भएको बताइएको छ । मृतकको संख्या अझै बढ्ने अनुमान गरिरहेका बेला पुनः दोस्रो पटक भूकम्प गएको हो । दुवै भूकम्प उत्तरी लोम्बार्कमा गएको जनाइएको छ जहाँ धेरै मानिसहरुको बसोबास छ । 

बिहीबारको भूकम्पको धक्का बालीसम्म महसुस भएको थियो । यो दुई हप्तामा तेस्रो पटक गएको भूकम्प हो । यसअघि जुलाई २९ मा पनि ६.४ म्याग्निच्युटको भूकम्प गएको थियो जसले दर्जन बढीको ज्यान लिएको थियो ।

आइतबारको भूकम्पमा झण्डै १ लाख ६५ हजार मानिस घरबारविहीन भएका थिए भने १५ सय मानिस घाइते भएको इन्डोनेसियाको नेसनल डिजास्टर म्यानेजमेन्ट एजेन्सीका प्रवक्ताले बताएका थिए । 

सम्बन्धित समाचार

इन्डोनेसिया भूकम्पः मृत्यु हुनेको सङ्ख्या ४६० पुग्यो

जाकार्ता। मध्य इन्डोनेसियाको लोम्बोक द्वीपमा गत अगष्ट ५ मा गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ४६० पुगेको प्रकोप नियन्त्रण निकायका एक अधिकारीले बिहीबार जानकारी दिएका छन् ।  यस भूकम्पमा परी

इन्डोनेसियाको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४६० पुग्यो

जकार्ता । मध्य इन्डोनेसियाको लोम्बोक द्वीपमा गत अगष्ट ५ मा गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ४६० पुगेको प्रकोप नियन्त्रण निकायका एक अधिकारीले बिहीबार जानकारी दिएका छन् । यस भूकम्पमा

इन्डोनेसियामा हराएको विमान फेला, आठ जनाको मृत्यु

जकार्ता / इन्डोनेसियामा शनिबार हराएको एक विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । साथै सो विमानमा सवार आठजना यात्रुको शव पनि भेटिएको समाचारमा जनाइएको छ ।  पूर्वी इन्डोनेसियाको पहाडी इलाकामा सो विमान आइतबार

इन्डोनेसियाको भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या ३८० भन्दा बढी

मताराम, इन्डोनेसिया । इन्डोनेसियाको लोम्बोक द्वीपमा एक हप्ता अगाडि गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ३८७ पुगेको छ ।  भूकम्पको कारण हजारौ विस्थापित भएका छन् । कतिपय व्यक्ति स्थानीय शरणार्थीस्थलमा बसोबास गर्न