• २०८१ बैशाख १४ शुक्रबार

चितवनमा बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु, १६ जना घाइते 

kharibot

चितवन। चितवनमा बस र ट्रक ठोक्किँदा ३ जनाको ज्यान गएको छ । १६ जना घाइते भएका छन् । 

मंगलबार राति काठमाडौंबाट काँकडभिट्टाको लागि छुटेको ना ६ ख १७४१ नम्बरको बस र हेटौंडाबाट नारायणगढको लागि छुटेको ना ५ ख ५९ ४१ नम्बरको ट्रक रत्ननगर नगरपालिका १० टाँडीमा ठोक्किँदा ट्रकका चालक रौतहट चन्द्रपुर नगरपालिका २ का ३४ वर्षका मोहन घिसिङ र सहचालक ३० वर्षका बुद्धिमान लामाको घटनास्थलमै ज्यान गएको चितवन प्रहरीले जनाएको छ । 

घाइतेको चितवनमा उपचार भैरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै