नेपालकै अहिलेसम्मको ठुलो पूल पार्टी भैरहवामा हुदै 

खरीबोट

काठमाडौँ। पार्टी नेपालले चर्चित पूल पार्टीको तेस्रो संस्करण भैरहवामा गर्ने भएको छ । यस अघि सफलरुपमा पूल पार्टीको दुई संस्करण सफलरुपमा आयोजना गरेको पार्टी नेपालले मंगलबार आयोजित प्रेस मिटमा अहिलेसम्मकै ठुलो पूल पार्टी भैरहवाको टाइगर प्यालेस रिसोर्टमा हुने जानकारी दिएको छ ।

यो पूल पार्टी नेपालकै ठुलो स्विमिङ्ग पुलमा हुन् गैरहेको भन्दै काठमाडौँको व्यस्त जीवनशैलीका बीच मनोरंजनको समय नभएको अवस्थामा यो ग्राइन्ड पार्टी सहि ठाउ हुने आयोजकले विश्वास लिएका छन्। यो पार्टी नेपालको अहिलेसम्म कै ठुलो र एक्सक्लुसिभ पार्टी हुने बताइएको छ।  

काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थलदेखि गौतमबुद्ध विमानस्थलसम्म चार्टर प्लेनबाट टाइगर प्यालेस रिसोर्ट लगिने जानकारी दिइएको छ। आगामी १४ र १५ सेप्टेम्बर अर्थात भाद्र २९ र ३० गते हुने यस पूल पार्टीमा नेपालका चर्चित डिजे तथा अन्य लाइभ प्रस्तुति पनि हुने बताइएको छ। आयोजकका अनुसार पूल पार्टीका लागि ७ हजार देखि एक लाख ५० हजार सम्मको टिकट दर राखिएको छ भने अगस्ट २५ सम्म टिकट किन्नेका लागि १० प्रतिशत छुट दिने बताइएको छ। 

पार्टी नेपालले विगत १५ बर्षदेखि नेपाल तथा विदेशमा विभिन्न पार्टी आयोजना गर्दै आएको छ।    

सम्बन्धित समाचार

अभिनेत्री पूजाको प्रश्न बोर्ड अध्यक्ष निकितामाथि प्रश्न, कसरी भयो चलचित्रको विकास ? 

काठमाडौँ । फिल्म 'रामकहानी' र 'रोजी' जुध्ने भएपछि नेपाली सिनेमा बजार एक पटक फेरी तातेको छ। नौ वर्ष अगाडि निरकको 'कुसुमे रुमाल २' सँग सुदर्शनले आफ्नो फिल्म 'मेरो एउटा साथी

फिल्म निर्माता माधव वाग्ले धरौटीमा छुटे 

काठमाडौँ। फिल्म निर्माता माधव वाग्ले धरौटीमा छुटेका छन् । जिल्ला अदालत काठमाडौंमा नक्कली नोटको कारोबार गरेकोमा गत जेठ ३० पूर्पक्षको लागि थुनामा पठाएको थियो। निर्माता वाग्लेले २५ लाख रूपैयाँ धरौटी बुझाएर

नाईं नभन्नू ल - ५ को पहिलो गीत सार्वजनिक 

काठमाडौँ ।  नेपाली फिल्ममा अहिलसम्म कै लामो सिक्वेल बनेको फिल्म ‘नाईं नभन्नू ल’ को पाँचौं सिक्वेल फिल्मको  सार्वजनिक भएको छ ।  मंगलबार सार्वजनिक गरिएको गीतमा मेलिना राईको स्वर रहेको छ ।

‘जय शम्भु’ मा अनुप र वर्षाले भने - 'म त परेँ तिम्रै भर...'

काठमाडौँ  ।  भाद्र १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जय शम्भु’ को पहिलो रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘म त परेँ तिम्रै भर...’ बोलको गीतमा अभिनेता अनुप विक्रम शाही