• २०८१ बैशाख १५ शनिबार

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको सरकारविरुद्ध प्रदर्शन, सुरक्षा कायम गर्न माग 

kharibot

काठमाडौँ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा आवद्ध राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले देशमा शान्ति, सुरक्षा कायम गर्न माग गर्दै सरकारविरुद्ध प्रर्दशन गरेको छ ।

संगठनले महिला र बालबालिकामाथि श्रृखलाबद्ध हत्या, हिंसा र बलात्कार भइरहेको विरोधमा मंगलबार काठमाडौंमा सरकारविरुद्ध र्‍यालीसहित प्रर्दशन गरेको हो ।

प्रर्दशनमा उत्रेका महिला नेतृहरुले शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै गृह मन्त्री रामबहादुर थापाको राजीनामा समेत माग गरेका छन् । महिला र बालबालिकामाथि श्रृखलावद्ध रुपमा भइरहेको हत्या, हिंसा र बलात्कारको घटना तत्काल रोक्न माग गर्दै सरकारविरुद्ध प्रर्दशन गर्नु परेको राप्रपा महिला संगठनले  जनाएको छ ।

प्रर्दशनी अघि बबरमहलबाट सुरु भएको विरोध र्‍याली माइतीघर मण्डलामा पुगेर कोणसभामा परिणत भएको थियो । प्रर्दशनकारीहरुले बलात्कारीलाई कडा कारबाही नगरिएको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय