• २०८१ बैशाख १४ शुक्रबार

क्यानाडा र साउदी अरेबियाबीच तनाव बढ्यो, साउदीद्वारा टोरन्टोका सबै हवाई उडान रद्द

kharibot

रियाद । साउदी अरेबियाको राष्ट्रिय ध्वजाबाहक विमान सेवाले क्यानाडाको टोरन्टोमा गर्दै आएका उडानहरु रद्द गर्ने भएको जनाएको छ । 

उडानहरु अर्काे सोमबारदेखि रद्द गरिएको र त्यसपछिका लागि टिकटहरु बिक्री नगर्न आदेश दिइएको उक्त एयरलाइन्सले सोमबार जानकारी दिएको साउदी प्रेस एजेन्सीले जनाएको छ । 

क्यानाडेली विदेशमन्त्री र रियादमा रहेको दूतावासको विरोधस्वरुप साउदी अरेबियाले यो निर्णय गरेको बताइएको छ । क्यानाडेली विदेशमन्त्री क्रिश्टिया फ्रिल्याण्डले साउदी अरेबियाको जेलमा रहेका क्यानाडेली नागरिक समाजका एकजना अभियन्तालाई तुरुन्त रिहा गर्न दबाव दिँदै आएका छन् । 

रियादमा रहेको क्यानाडेली दूतावास र विदेशमन्त्री फ्रिल्याण्डले ती क्यानाडेली नागरिकलाई तुरुन्त रिहा गर्न दबाव दिएपछि त्यसको विरोधस्वरुप साउदी अरेबियाले पछिल्लो निर्णयका रुपमा रियादबाट टोरन्टोमा भइरहेका उडानहरु रद्द गर्ने निर्णय गरेको हो । 

यसै विरोधस्वरुप साउदी अरेबियाले रियादमा रहेका क्यानाडेली राजदूतलाई पनि २४ घन्टाभित्र देश छोड्न सोमबारै आदेश दिएको छ । 

त्यसैगरी क्यानाडामा रहेका आफ्ना राजदूतलाई पनि फिर्ता बोलाएको छ । यसका साथै साउदी अरेबिया र क्यानाडाबीचको व्यापार व्यवसाय र नयाँ लगानीका सबै कार्यक्रमहरु पनि स्थगित गर्न आदेश दिइएको साउदी अरेबियाले जानकारी गराएको साउदी प्रेस एजेन्सीले जनाएको छ । 

उक्त एयरलाइन्सले अर्काे सोमबार पछिका लागि बुकिङ गरिएका टिकटहरु रद्द गर्न यसका यात्रुहरुलाई भनेको छ र यदि यसरी रद्द गर्दा कुनै पनि दस्तुर नलाग्ने गरी व्यवस्था मिलाइएको जानकारी पनि गराएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै