• २०८१ बैशाख १४ शुक्रबार

चेल्सीविरुद्ध आर्सनल पेनाल्टी सुटआउटमा विजयी 

kharibot

काठमाडौँ।  इन्टरनेशनल च्याम्पियन्स कप अन्तर्गत आर्सनलले चेल्सीलाई पेनाल्टी सुटआउटमा पराजित गरेको छ । 

गएराती  भएको खेलमा निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले १-१ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टीबाट गरिएको थियो। जसमा चेल्सीका रुबेन लुफटस चीकले हानेको पेनाल्टी आर्सनलका गोल किपर पिटर चेकले बचाएपछि चेल्सी पराजित भएको ६-५ गोल अन्तरले पराजित भएको थियो। 

यस अघि चेल्सीले खेलको पाचौ मिनेटमा नै एन्टोनियो रुड़ीगरको गोलमा अग्रता लिएको थियो। पहिलो हाफमा १-० को अग्रता लिएको चेल्सीले खेलको ९० मिनेटपछिको इन्जुरी समयमा गोल खादा खेल पेनाल्टी सुट आउटमा गएको थियो।

आर्सनलका लागि खेलको ९३औ मिनेटमा एलेक्जेन्डर लाकाजाटेले गोल गरेका थिए। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै