• २०८१ बैशाख १४ शुक्रबार

काठमाडौं महानगरपलिकाका मेयर शाक्य जापान प्रस्थान  

kharibot

काठमाडौँ।  काठमाडौँ महानगररपालिकाका मेयर विद्यासुन्दर शाक्य जापानको फुकुओका शहरमा आजदेखि शुरु हुने विश्वका १८ देशका ३७ वटा शहरहरुको सहभागिता रहने एशिया प्यासिफिक सिटी समिटमा सहभागि हुन मंगलबार जापानको फुकुओका तर्फ प्रस्थान गरेका छन् ।

उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको विशिष्ट्र कक्षमा महानगरपालिकाका वडाध्यक्ष , सहसचिव राजेश्वर ज्ञवाली,  महाानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्की, सह—प्रवक्ता नमराज ढकाल, विभागीय प्रमुख र शाखा प्रमुख तथा महानगरका कर्मचारीहरुले विदाई गरेका थिए ।  

जापान प्रस्तान गर्नु अघि मेयर शाक्यले महानगरका कर्मचारीहरुलाई आफनो अनुपस्थितिमा पनि महाननगरको दैनिक काम विशेष गरि काठमाडौंको फोहरमैलालाई समयमानै विसर्जन गर्न निदेर्शन समेत दिएका थिए। 

मेयर शाक्यसँग महानगरपालिकाका अन्तराष्ट्रिय सम्बन्ध विभागका शाखा अधिकृत यम प्रसाद बस्याल पनि जापान प्रस्थान गरेका छन् ।

मेयर शाक्य सो समिटमा भाग लिई आगामी शनिबार सांझ काठमाण्डौ फर्किने मेयरका सचिवालय प्रमुख नमराज ढकालले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै