• २०८१ बैशाख १४ शुक्रबार

रोनाल्डोले छोडेपछि खेलेको पहिलो खेलमा रियल म्याड्रिड पराजित 

kharibot

काठमाडौँ। इन्टरनेशनल च्याम्पियन्स कपमा म्यानचेस्टर युनाइटेडले स्पेनिस क्लब रियल म्याड्रिडलाई पराजित गरेको छ।  

आफ्ना स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई गुमाएपछि रियलले खेलेको पहिलो खेलमा हारको सामना गरेको छ। युनाइटेडले रियलमाथि २-१ को जित हासिल गरेको हो। 

युनाईटेडका लागि एलेक्सिस सान्चेज र आन्द्रे हरेराले गोल गरेका थिए।  सान्चेजले खेलको १८औ मिनेटमा गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए भने हरेराले खेलको २७औ मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारेका थिए।  

रियलका लागि एक गोल पहिलो हाफको अन्तिम मिनेटमा क्रिम बेन्जमाले गरेका थिए।  रियलले यसै सिजनमा क्लबमा भित्राएको ब्राजिलियन युवा सेन्सेसन भिनिसियस जुनियरले रियलका लागि डेभ्यु गरेका छन्।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै