• २०८१ बैशाख १४ शुक्रबार

इन्टरनेशनल च्याम्पियन्स कप : पिएसजीमाथि आर्सनलको शानदार जित

kharibot

काठमाडौँ।  इन्टरनेसनल च्याम्पियन्स कपमा आर्सनलले फ्रेन्च क्लब पिएसजीलाई पराजित गरेको छ। 

शनिबार भएको खेलमा आर्सनलले पिएसजीलाई ५-१ गोल अन्तरले पराजित गरेको छ।  आर्सनलको जितमा अलेक्जेन्डर लाकाजेटेले २ गोल गरेका थिए भने मेसुट ओजिल, रब होल्डिंग र इडे एनकेटिहाले एक-एक गोल गरेका थिए। त्यस्तै पिएसजीको लागि एक गोल क्रिस्टोफर एनकोङ्कुले गरेका थिए।  

हालै विवादका बीच आफ्नो राष्ट्रिय टिम जर्मनीबाट सन्यासको घोषणा गरेका ओजिलले विश्वकप पछि आफ्नो पहिलो खेल खेल्दै गोल गरेका छन्। ओजिलले खेलको १३औ मिनेटमा गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए। 

त्यसपछि अलेक्जेन्डर लाकाजेटेले आर्सनलका लागि खेलको ६७औ र ७१औ मिनेटमा गोल गरेका थिए। त्यसपछि रब होल्डिंगले खेलको ८७औ मिनेटमा गोल गर्दै आर्सनललाई ४-१ को अग्रता दिलाएका थिए । खेलको ९४औ मिनेटमा आर्सनलका इडे एनकेटिहाले गोल गर्दै आर्सनललाई ५-१ को जित दिलाएका थिए।        

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै