• २०८१ बैशाख १४ शुक्रबार

इपिलको दोस्रो संस्करण आगामी डिसेम्बरमा हुने, उपाधि विजेताको पुरस्कार राशी २१ लाख पुग्यो

kharibot

एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटको दोस्रो संस्करण आगामी डिसेम्बरमा हुने भएको छ ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गरी जोहरा स्पोर्टस म्यानेजमेन्टले प्रतियोगिताको लोगो सार्वजनिकका साथै उपाधि बिजेतालाई २१ लाख पुरस्कार दिने घोषणा गरेको छ । यो घोषणासँगै इपिएल प्रतियोगिता नेपालकै सर्बाधिक पुरस्कार राशीको प्रतियोगिता भएको छ ।

अक्सनको आधारमा खेलाडी छनौट गर्ने गरी देशका ६ प्रमुख शहरको प्रतिनिधित्व गर्ने गरी टिम बनाइएको आयोजकले जानकारी दिएका छन् । इपिएलका टिम काठमाडौं, ललितपुर, बिराटनगर, बीरगञ्ज, भैरहवा र पोखरा सहरका टोली बनाई खेलाइने भएको छ ।

प्रतियोगितामा प्रत्येक टोलीले १५ जना खेलाडी अनुबन्ध गर्न सक्नेछन्, प्रत्येक टोलीमा कम्तिमा एक जना स्थानीय र बढीमा तीनजना विदेशी खेलाडी राख्न पाउने व्यवस्था गरिएको छ । राउण्ड रोविन लिगमा खेलाइने प्रतियोगिताका खेलहरु कीर्तिपुर मैदानमा हुनेछन् ।

पत्रकार सम्मेलनमा नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले सफलतापूर्वक पहिलो संस्करण सकाएको इपिएलले परिस्कृत स्वरुपमा नयाँ खेलाडीका लागि अवसर सृजना गरेको खुसी लागेको प्रतिक्रिया दिए । कप्तान खड्काले इपिएल अगाडी नेपाली क्रिकेटले क्रिकेट संघ पाइसक्ने आशा व्यक्त गरे ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै