• २०८१ बैशाख १४ शुक्रबार

नवलपरासीमा ३ गतेदेखि हराएका बालक अझै भेटिएनन

kharibot

नवलपरासी / पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं ७ जगरनाथपुरबाट एक बालक हराएका छन् । स्थानीय भोला चौधरीका छोरा १४ वर्षीय हेमनरायण चौधरी भन्ने भुल्लन चौधरी गत साउन ३ गतेबाट हराएका हुन् । 

गत साउन ३ दिन दिउँसो करीब २ बजे घरबाट साइकल चढी घुम्न निस्किएका चौधरी हालसम्म सम्पर्कमा नआएको उनका बुबा भोला चौधरीले जानकारी दिए । 

छोराको खोजीका लागि स्थानीय प्रहरी प्रशासन सबैमा निवेदन दिए पनि हालसम्म कुनै खबर प्राप्त नभएको छोराको बेखबरपछि आफूहरू निरास भएको उनले बताए । 

गहँुगोरो वर्णका थोप्लो बिन्दु भएको नीलो सर्ट, नीलो पाइन्ट लगाएका चौधरीको खोजी गर्न परिवारजनले स्थानीय प्रहरी प्रशासन, मानवअधिकारी, पत्रकार सबैलाई अपिल गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै