कानुनमन्त्रीकाे अभिव्यक्तिमा आपत्ति जनाउदै काँग्रेसले भन्यो, 'प्रधानमन्त्री किन मौन ?'

खरीबोट

काठमाडाैं । कानुनमन्त्री शेरबहादुर तामाङले गत साउन ४ गते दिएको अभिव्यक्तिमा नेपाली कांग्रेसले आपत्ती जनाएको छ।

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माद्वारा आइतबार जारी विज्ञप्तीमा कानुनमन्त्रीको गैर जिम्मेवार अभिव्यक्तिबाट बङलादेशमा अध्ययनरत र अध्ययन गरिसकेका छात्राहरु एवं तिनका परिवारजनमा पर्न गएको गहिरो चोटले नेपाली कांग्रेसलाई मर्माहत तुल्याएको उल्लेख छ। नेपाली चेलीहरुको अस्मिता, सामाजिक प्रतिष्ठा र पारिवारिक मनोभावलाई हेक्का नराखी मन्त्रीद्वारा व्यक्त धारणाहरु अत्यन्तै निन्दनीय र आपत्तिजनक रहेकाे कांग्रेसले जारी गरेकाे विज्ञप्तीमा भनिएकाे छ ।

साथै कांग्रेसले सरकारको मन्त्रीबाटै यस्तो अभिव्यक्ति अाउँदा पनि प्रधानमन्त्री मौन बस्नु झनै गम्भीर कुरा भएकाे बताएकाे छ । स्वयं प्रधानमन्त्रीबाटै वेलावेला हलुका अभिव्यक्ति वाहिरिने गरेका वेला जिम्मेवार मन्त्रीको गैरजिम्मेवार अभिव्यक्तिमा कारवाही कसले गर्ने, कांग्रेसले प्रश्न गरेके छ। "छोरी चेलीलाई देवीका रुपमा मान्ने हाम्रो संस्कार स्मरण गराउँदै यस्ता अभिव्यक्तिलाई तत्कालै नियन्त्रणमा लिने दायित्व फेरी पनि प्रधानमन्त्रीकै रहेको विषय स्मरण गराउन चाहन्छौं,' विज्ञप्तीके अन्त्यमा उल्लेख छ।

मन्त्री तामाङले बङलादेशमा डाक्टरको सर्टिफिकेट लिन छात्राहरुले आफुलाई कही न कही बेच्नै पर्ने बताएपछि विवादमा तानिएका थिए। उनको यस अभिव्यक्तिको सामाजिक सञ्जाल लगाएतमा व्यापक विरोध भएको थियो। 

सम्बन्धित समाचार

जन्मदिनको अवसर पारेर काँग्रेस नेता शाहले गरे वृक्षारोपण 

काठमाडौं। नेपाली कांग्रेस युवा नेता एवम् नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले जन्मदिनको अवसर पारेर वृक्षरोपण गरेका छन् । काठमाडौंको कृष्ण मन्दीरमा शाहले २० वटा धुपी सल्लो र

राणाको निधनमा काँग्रेसले तीन दिन केन्द्रीय र जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने

काठमाडौँ।  नेपाली काँग्रेसले पार्टीका पूर्व केन्द्रीय सदस्य भरतशम्शेर राणाको शोकमा तीन दिन पार्टी केन्द्रीय र जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने भएको छ। साउन २५ गते निधन भएका राणाले निधनमा गहिरो शोक

आत्मीयतासहितको एकता र अनुशासनसहितको सहकार्य आवश्यक छ: काँग्रेस नेता शाह

काठमाडौं। नेपाली काँग्रेसका युवा नेता ऋषिकेशजंग शाहले कर्णालीमा कांग्रेसलाई बलियो बनाउन आत्मीयता सहितको एकता र आत्म अनुशासन सहितको सहकार्य आवश्यक भएको बताएका छन् ।  कर्णालीका युवाहरूको एउटा कार्यक्रममा बोल्दै नेता शाहले

प्रधानन्यायाधीश नियुक्ति दुर्घटनामा पर्यो- नेपाली काँग्रेस 

काठमाडौँ।  नेपाली काँग्रेसको आज बसेको केन्द्रीय समितिको बैठकले प्रधानन्यायाधीश नियुक्ति दुर्घटनामा परेको ठहर गरेको छ।  मंगलबार बसेको बैठकले दीपकराज जोशीलाई प्रधानन्यायाधीशमा अस्वीकृत गर्ने संसदीय समितिको निर्णयमा प्रधानमन्त्री केपी शर्मा ओलीले दोहोरो चरित्र