• २०८१ बैशाख १५ शनिबार

चुरेको सम्वेदनशील खोलाबाट नदी जन्य बस्तु उत्खनन्, सम्बन्धित निकाय मौंन किन ?

kharibot

बारा । चुरे फेदबाट एक किलोमिटर क्षेत्र भित्र कुँनै पनि नाउँ वा बाहनामा नदी जन्य बस्तुको उत्खन्न , संकलन , दोहन गर्न कानुनले बन्देज गरे पनि बारामा यसको खिल्ली उडाउँन शुरु गरिएको छ । 

निजगढ नगरपालिका वडा नं.१२ स्थित चुरे फेदको भक्तलाल खोलाबाट विकासको नाउँमा तीन दिन देखि स्काभेटरले नदी जन्य बस्तु ग्रेभल उत्खन्न गरि रहेपनि बारा प्रहरी, प्रशासन मौन छ । 

प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईलाई तीन दिन अघि सचेत स्थानीयले जिल्ला प्रशासन कार्यालय बारामा नैं भेटी जानकारी दिएपनि उनले गैर कानुनी कार्यलाई बेलैमा रोक्न अहिले सम्म चाँसो दिएको छैन् । नदी जन्य बस्तु उत्खन्नका बारे प्रमुख जिल्ला अधिकारी यसो भन्छन् ।

रतनपुरी देखि करिब आठ किलोमिटर लम्वाईको साविकको सडकलाई चौडा गर्दै विस्तार गर्न ठेकेदार पक्षले बारा प्रहरी प्रशासन , वनको मिलोमत्तोमा प्रतिवन्धित अति सम्वेदनशील चुरे क्षेत्रको खोलाबाट दिन दाहाडै  नदी जन्य बस्तुको उत्खन्न गरी रहेको हो । 

पप्पु रञ्जन जेभी बिरगंजले ७ करोड ८४ लाख ५ सय ६७ रकममा ०७६ पौष मसान्त भित्र काम सम्पन्न गर्न सड्क डिभिजन कार्यालय हेटौंडाबाट ०७४ असार ३० गते ठेक्का साकार सम्झौता गरेको हो । सो सडक निर्माण ठेक्केदार कम्पनीले बाराका प्रहरी प्रशासन र एकथरि स्थानीयसँग मिलोमत्तो गरी यसरी यहाँ नदी जन्य बस्तु उत्खन्न गरेको स्रोतले जनाएको छ । तीन दिन देखि उत्खन्न शुरु गरिएको स्कभेटरका सह अफ्रेटर कृष्ण रेग्मीले बताउँछन् ।                            
                   
राष्ट्रपति चुरे तराई मधेश विकास समिति सहिँतको विज्ञ टोलीको पटक÷पटकको अनुगमन पछि चुरे पहाडको फेदबाट एक किलोमिटर भित्र कँुनै पनि प्रयोजनको लागि नदी जन्य बस्तु उत्खन्न, संकलन , दोहन गर्न सरकारले रोक लगाउँदै आई रहेपनि यहाँ यसरी ऐनको खिल्ली उडाउँने काम भईरहेको देखिन्छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै