• २०८१ बैशाख १५ शनिबार

‘जय शम्भु’ मा अनुप र वर्षाले भने - 'म त परेँ तिम्रै भर...'

kharibot

काठमाडौँ  ।  भाद्र १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जय शम्भु’ को पहिलो रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘म त परेँ तिम्रै भर...’ बोलको गीतमा अभिनेता अनुप विक्रम शाही र अभिनेत्री वर्षा सिवाकोटी फिचर्ड छन् । 

अञ्जु पन्त र टंक बुढाथोकीको स्वर रहेको गीतको शब्द अमृता नेपालले लेखेकी हुन् । गीतमा संगीत टंक स्वयंको छ । राजमी लामिछाने गीतका कोरियोग्राफर हुन् ।

प्रस्तुतकर्ता दिनेश शाहीले सार्वजनिक गीत खिच्न १० दिन लागेको र २० लाख खर्च भएको बताए । इनडोरका लागि गीत खिच्न आकर्षक सेट तयार पारिएको छ । अनुप र वर्षाको जोडी गीतको भिडियोमा कमालको देखिएको छ । 

बिहीवार राजधानीमा एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो, जहाँ निर्देशक रुपेश रुपेश तामाङ र अभिनेता अनुप अनुपस्थित हुँदा कलाकार प्रशान्त ताम्राकार र वर्षाले भने उपस्थिति जनाएका थिए । दुवैले गीत झैँ फिल्म पनि सुन्दर बनेको बताएका छन् ।

२ करोडको लागतमा निर्माण भएको फिल्म ‘जय शम्भु’ मा रोशन महर्जन, करुणा पाण्डे, अनुपम श्रेष्ठ, बसन्त भट्ट, कालु राना लगायतका कलाकारहरुको पनि अभिनय छ । यो फिल्म काठमाडौं र अन्नपूर्ण बेशक्याम्पमा खिचिएको हो ।

उक्त फिल्ममा हरि घले लामाको छायांकन, श्री श्रेष्ठको एक्सन, टंक बुढाथोकीको संगीत, वनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य रहेको छ । राजकुमार नगरकोटी र चक्र पाख्रिन कार्यकारी निर्माता रहेको ‘जय शम्भु’ को निर्मातामा अरविन्द्र शाक्य छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै