• २०८१ बैशाख १५ शनिबार

बर्दियामा वन संरक्षण गर्नेहरुलाई सम्मान

kharibot

बर्दिया, (गुलरिया) । जिल्ला वन कार्यालय बर्दियाले जिल्लामा उत्कृष्ट वन संरक्षण र सम्बद्र्धन गर्नेलाई आज विहिवार विभिन्न विधाहरुमा व्यक्ति र संगठनलाई सम्मान र पुरस्कृत गरेको छ ।

असार ३ गते विहिवार एक कार्यक्रम विच उत्कृष्ट सामुदायिक वन पुरस्कार अन्तरगत जलजला सामुदायिक वन उपभोक्ता समुह बारबर्दिया ३ प्रथम हुदै नगद ७ हजार नगद सहित पुरस्कृत गरिएको छ साथै दोस्रो झरसलुवा सा.व.उ.स. ठाकुरबाबा ३ र तेस्रो नवदुर्गा सा.व.उ.स. बासगडीलाई क्रमस ५ हजार र ३ हजार नगद सहित पुरस्कृत गरिएको छ । 

त्यस्तै बबई नदी प्रणाली संरक्षण कार्यक्रम अन्तरगत प्रथम कुुसुम्वादेवि सामुदायिक वन उपभोक्ता बारबर्दिया ४ ले नगद ७ हजार सहित पुरस्कृत गरिएको छ साथै दोस्रो गणेश शिवदुर्गा सा.व.उ.स. मधुवन ४ र तेस्रो वृन्दा महिला सा.व.उ.स. गुलरिया ४ लाई क्रमश नगद ५ हजार र ३ हजार सहित पुरस्कृत गरियो । 

त्यस्तै निजि वन प्रोत्साहन पुरस्कार अन्तरगत गुलरिया ४ का सुशिला गिरी, गुलरिया १० का निर्मलाकुमारी कुर्मी, मधुवन ७ का राजेश क्षेत्रि, बढैयाताल ७ का नारायणदत्त पौडेल र बढैयाताल २ का सन्तोष काफ्ले लाई नगद २५÷२५ हजार सहित पुरस्कृत गरिएको छ ।

अग्नी नियन्त्रणमा सन्तोषी सा.व.उ.स. गुलरिया, खैरेनी सा.व.उ.स. मधुवन ५ र ढोढरी ईलाका प्रहरी कार्यालय, ढोढरी सशस्त्र प्रहरी वेस क्याम्प सानोश्री र संचारकर्मी यादव आचार्यलाई नगद १ं०÷१० हजार ले पुरस्कृत गरिएको छ ।

त्यस्तै वन्यजन्तु संरक्षणमा प्रथम गौरी महिला सा.व.उ.स. मधुवन ३लाई नगद १२ हजार साथै दोस्रो कैलाश सा.व.उ.स. ठाकुरबाबा ५ र तेस्रो दोभान सा.व.उ.स. राजापुर १० लाई क्रमश १० हजार र ८ हजार ले पुरस्कृत गरिएको छ ।

उनीहरूलाई जिल्ला समन्वय समितिका संयोजक शंकर प्रसाद थारु र जिल्ला वन कार्यालय बर्दियाका जिल्ला वन अधिकृत शिव सापकोटाले नगद पुरस्कार र सम्मानपत्र पुरस्कृत गरेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय