• २०८१ बैशाख १४ शुक्रबार

माइतीघर मण्डला र जुम्ला घटनामा सरकारबाट ज्यादती भयो – सभापति देउवा

kharibot

काठमाडौँ  ।  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद् बैठक स्थगन गरिएकामा असन्तोष प्रकट गरेका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा संघीय संसद् भवन बाहिर सूचना टाँस गरी आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक साउन ११ गते शुक्रबारसम्मका लागि सारिएपछि संसद् परिसर नयाँ बानेश्वरमा प्रतिक्रिया दिँदै सभापति देउवाले माइतीघर मण्डला र जुम्ला घटनामा सरकारले ज्यादती गरेको बताए  । 

सभापति देउवाले डा केसीले उठाएका सबै माग र उहाँको स्वास्थ्य उपचारमा सरकारले ध्यान दिनुपर्ने बताए । यसअघिको सरकारले संसद्मा पेश गरेको चिकित्सा शिक्षा अध्यादेशको हुबहु विधेयक संसदमा ल्याइनुपर्ने उनको माग थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै