• २०८१ बैशाख १४ शुक्रबार

राप्रपाले हिन्दू राष्ट्र पुनर्स्थापनाका लागि फागुनदेखि निर्णायक संघर्ष गर्ने 

kharibot

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आउँदो फागुन ७ गतेदेखि हिन्दू राष्ट्र पुनर्स्थापनाका लागि निर्णायक संघर्ष गर्ने घोषणा गरेको छ ।

काठमाडौंमा राप्रपाले आयोजना गरेको हिन्दू राष्ट्र पुनस्र्थापना जनजागरण अभियानको उद्घाटन गर्दै राप्रपा अध्यक्ष कमल थापाले देशब्यापी जागरण अभियान सञ्चालन गर्ने र फागुन ७ गतेदेखि निर्णायक आन्दोलन गर्ने घोषणा गरेका हुन् ।

‘देशभरी जागरण अभियान सञ्चालन गर्ने र उपयुक्त संगठनात्मक आधार तयार भएपछि २०७५ साल फागुन ७ गतेदेखि हिन्दू राष्ट्र पुनस्र्थापना निर्णायक  जनसंघर्ष गर्नेैछौं’ उनले भने ।

अध्यक्ष थापाले संविधानमा लेखिए पनि नलेखिए पनि नेपाल हिन्दू राष्ट्र नै रहेको भन्दै जनताको चाहना नहुँदानहुँदै स्वार्थी राजनीतिको कारण विदेशीको इशारामा हिन्दू राज्य हटाएको दावी गरे । 

हिन्दू राष्ट्र स्थापनाका लागि आन्दोलन गर्न आवश्यक परे पार्टी र झण्डा प्रयोग नगरी स्वतन्त्र आन्दोलन गर्न पनि तयार रहेको उनले बताए । ‘आवश्यक परे पार्टीको नाम र झण्डा प्रयोग नगरी आन्दोलन चलाउन तयार छौं’ उनले भने । 

अध्यक्ष थापाले आफूहरुको आन्दोलनअघि नै संविधान संशोधनमार्फत धर्म निरपेक्ष हटाएर हिन्दू राष्ट्र घोषणा गर्न सरकारलाई आग्रहसमेत गरे ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै