• २०८१ बैशाख १५ शनिबार

सामसुङका सीईओकै कमजोरीले आउँदो फोन 'ग्यालेक्सी नोट ९' बारे खुलासा !

kharibot

तस्बिर : द सन ।

युरोप । सामसुङका एक उच्च अधिकारीको बेहोसियारीले कम्पनीको आउँदो बहुप्रतीक्षित फोनबारे खुलासा भएको छ । उक्त फोनलाई धेरैले अब आउनलागेको कम्पनीको बहुप्रतीक्षित फोनका रुपमा यसलाई लिएका हुन् । 

दक्षिण कोरियाली सीईओ एउटा तस्बिरमा अहिलेसम्म नदेखिएको कम्पनीको मोबाइल सेट चलाइरहेको देखिएका छन् । उक्त फोनलाई सामसुङ ग्यालेक्सी नोट ९ भएको बताइएको छ । कम्पनीले उक्त फोन अबको केही हप्तापछाडि अर्थात् आगामी अगष्टमा सार्वजनिक गर्ने तयारी गरेको अवस्थामा फोन पक्का पनि पूर्ण रुपले तयार भएको विश्वास गरिएको छ । 

कर्मचारीहरुले परीक्षणका रुपमा उक्त फोन चलाइरहेको समेत बताइएको छ । सीईओ डीजे कोले पनि सोही फोन चलाएको हुनसक्ने भन्दै विभिन्न अनलाइनमा समाचार भाइरल बनिरहेको छ । 

को एउटा मिडिया इभेन्टमा रहेका बेला अहिलेसम्म नदेखिएको फोन चलाइरहेको अवस्थामा क्यामेरामा कैद भएका थिए । मोबाइल विज्ञहरुले उक्त तस्बिर हेरेपछि त्यसको विश्लेषण गर्दै उक्त फोन नोट ९ नै भएको बताएका हुन् । तस्बिरमा टी शेपको इन्डेन्ट पछाडिपट्टि देखिन्छ भने ग्यालेक्सी नोट ८ भन्दा निकै भिन्न पनि रहेको छ । 

यसअघि पनि ठूला कम्पनीका उत्पादनहरु यसैगरी खुलासा हुने गरेका थिए । गत २०१० अप्रिलमा एप्पलका एक कर्मचारीका कारण यस्तैखाले खुलासा भएको थियो । सो बखत आईफोन ४ बारे खुलासा भएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय