• २०८१ बैशाख १४ शुक्रबार

 धरान उप–महानगरपालिकाका मेयर सुब्बाको निधन 

kharibot

सुनसरी । धरान उप–महानगरपालिकाका मेयर तथा नेपाल कम्युनिष्ट पार्टीका नेता तारा सुब्बाको निधन भएको छ । 

मृगौलाको रोगबाट पीडित सुब्बाको उपचारको क्रममा मंगलबार दिउँसो काठमाडौंको ग्रान्डी अस्पतालमा निधन भएको हो । 

५२ वर्षीय सुब्बा पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय थिए । स्थानीय चुनावमा उनले कांग्रेसका उम्मेदवार तिलक राईलाई ४ हजार भन्दा बढी मतले पराजित गरेका थिए । 

२०४० सालमै अनेरास्ववियू नगर कमिटी सदस्य बनेका सुब्बा २०४७ सालपछि भने युवा संघको राजनीतिमा प्रवेश गरेका थिए । त्यसबेला युवा संघलाई प्रजातान्त्रिक राष्ट्रिय युवा संघका नामले चिनिन्थ्यो ।  सुब्बा संघको नगर कमिटीपछि जिल्ला कमिटी संयोजक हुदै २ पटक जिल्ला अध्यक्ष, २ पटक केन्द्रीय सदस्य पनि बनेका थिए ।

सुब्बाका श्रीमती र एक छोरा रहेका छन् । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै