• २०८१ बैशाख १५ शनिबार

सप्तरीमा दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

kharibot

राजविराज / पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कुशाहामा ट्रकको ठक्करबाट एकजना मोटरसाइकल चालकको सोमबार साँझ मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकल चालक सिरहाको लहान नगरपालिका–८ बस्ने ५० वर्षीय रामशरण चौधरी रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । 

दुर्घटनामा घाइते भएका चौधरीको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ४६४० नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको चौधरी सवार ना ९ प ८९८ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै