काठमाडौँ । विश्वकपको फाइनलमा पराजित भएको क्रोसियाका खेलाडीलाई आफ्नो देशमा विजेताको रुपमा स्वागत गरिएको छ ।
क्रोसियाको राजधानी जाग्रेबको बाना जेलासिसा स्क्वायरमा लाखौको संख्यामा उपस्थित क्रोसियालीले आफ्ना विश्वकपका हिरोहरुलाई स्वागत गरेका हुन् । फाइनल खेलमा फ्रान्ससँग ४-२ गोल अन्तरले पराजित भएपनि क्रोसियाले पहिलो पटक फाइनलसम्म पुगेर नयाँ इतिहास बनाएको थियो ।
कप्तान लुका मोड्रीच सिल्भर मेडल लगाएर आफ्नो टिमको विश्वकपको प्रदर्शन प्रति गर्वगर्दै यो सफलतालाई सेलिब्रेशन गर्नुपर्ने बताए । उनले फाइनल नजित्नु दुखद भएपनि विश्वकपमा पाएको सफलता निकै ठुलो भएको बताए । आफ्ना खेलाडीहरुलाइ स्वागत गर्न लाखौको संख्यामा दर्शक देशको जर्सी लगाएर उपस्थित भएका थिए । यस विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका मोड्रीचले गोल्डेन बल जितेका थिए ।