• २०८१ बैशाख १४ शुक्रबार

काठमाडौँ महानगरको फोहोर संकलन सुरु, मंगलबारसम्ममा सबै फोहोर उठ्ने 

kharibot

काठमाडौँ । काठमाडौँ महानगरले केहि दिनदेखि अवरुद्ध फोहोर संकलन सोमबारदेखि उठाउन सुरु गरेको छ । सिस्डोलस्थित ल्याण्डफिल्ड साइटको बाटो वर्षाको कारण भत्किएपछि फोहोर संकलन अवरुद्ध भएको थियो ।

हाल सो सडक बनिसकेको हुनाले महानगरको फोहोर संकलन गर्न सुरु गरेको जनाएको छ । खरीबोटसँग कुरा गदै काठमाण्डौँ महनगरका निर्देशक नमराज ढकालले महानगले आजैबाट पून: फोहोर संकलन गर्न सुरु गरेको जानकारी दिएका छन् ।  उनले भने,  “प्राकृतिक  प्रकोपको कारण सिस्डोलस्थित ल्याडफिल्ड साईडको बाटो पहिरो गएर ५० मिटरबाटो भासिएर सडक अबरुद्ध भएको कारण फोहोर संकलन गर्न सकिएको थिएन्, तर हिजो बेलुकासम्म सडक मर्मत गरेको हुनाले आजबाट नै फोहोर संकलन गर्न सुरु गरिएको छ, सम्भवत् भोली सम्ममा सबै फोहोर संकलन हुन्छ । ”  

तर वर्षाका समयभरी नै पहिरोको कारण समस्या भईरहन सकने देखिएको उनले बताए । काठमाडौँ महानगरको ट्रान्सफर स्टेशन भएको कारण महानगरले ३ दिन सम्मको फोहोर संकलन गरेर राख्न सक्ने भएता पनि निजी क्षेत्रले उठाउदैँ आएको फोहोर भने रहन सक्ने ढकालको भनाई छ । 

वर्षा वा प्राकृतिक प्रकोपको कारण बाहेक फोहार संकलन नरोकिने  र रोकिएको खण्डमा सम्बन्धित वडा कार्यालय वा निजी क्षेत्रलाई सम्पर्क गरेर मात्र फोहोर सडकमा निकाल्न ढकालले सम्पुर्ण महानगरवासीलाई आग्रह गरेका छन् ।  सिस्डोलमा फोहोर धेरै भएकाले फोहोर संकलन रोकिएको भन्ने गरिएको भएता पनि वर्तमान समस्या त्यो नभएर बाटो भत्किएर नै समस्या भएको र बाटोको कारण नै बेलाबेलामा फोहोर संकलन रोकिएको उनले बताए । 

काठमाडौँ महानगरबाट लगभग दैनिक ६ सय मेट्रिक टन फोहोर संकलन हुन्छ जसमा ३ सय मेट्रिक टन फोहोर निजी क्षेत्रले उठाउँदै आएको छ ।  
        
    
    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै