• २०८१ बैशाख १४ शुक्रबार

काँग्रेसको पौडेल पक्षको भेला आज हुदै 

kharibot

 काठमाडौं  । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षका नेताहरुको भेला बोलाएका छन् । पछिल्लो समय पौडेल सभापति देउवासँग मिलेको समाचारहरु प्रकाशित भएपछि पौडेलले आफुपक्षका नेताहरुसँग छलफल गर्न भेला बोलाएका  हुन्  । 

भेलामा विधान मस्यौदा समिति गठन तथा पार्टीभित्रका विभिन्न समितिमा मनोनयन र महासमिति बैठकलगायत विषयमा छलफल गर्ने बताइएको छ । 

यस भेलामा काँग्रेस नेता कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केशी, प्रकाशमान सिंह नविन्द्रराज जोशी लगायतका नेताहरु उपस्थित हुने बताइएको छ । पौडेलले आफु देउवासँग मिलेको भन्ने समाचार प्रायोजित रुपमा चलाइएको भन्दै आफु निकट नेताहरुलाई विश्वासमा लिन यो भेला बोलाएको बताइएको छ ।  

त्यस्तै सभापति शेरवहादुर देउवाले पार्टीका विभिन्न विभाग गठन, प्रदेश समितिमा मनोनयनलगायतका लागि पौडेल पक्षसँग नाम मागेपनि पौडेल पक्षले नाम दिएको छैन । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै