• २०८१ बैशाख १५ शनिबार

सोल्टीमोडमा टिपरको ठक्करबाट एकको मृत्यु, एक घाइते

kharibot

काठमाडौँ  । मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१३ सोल्टीमोडमा आज बा ७ ख ९४७५ नं को टिपरले ठक्कर दिँदा बा ९६ प ४९११ नम्बरको मोटरसाइकलमा सवार १८ वर्षीय अनुजा घिमिरेको मृत्यु भएको हो । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सुरेन्द्रप्रसाद मैनालीले दुर्घटनामा घाइते घिमिरेको उपचारका क्रममा बल्खुस्थित बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको जानकारी दिए । 

मोटरसाइकल चालक २६ वर्षीय अनुज घिमिरे भने घाइते भएका छन् । टिपर चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै