• २०८१ बैशाख १४ शुक्रबार

धोवी खोला, बागमती, मनोहरा खोलामा आकस्मिक बाढी आउन सक्ने, सतर्क रहन आग्रह 

kharibot

तस्बीर : मौसम विभाग

काठमाडौं । मौसम विज्ञान विभागका अनुसार काठमाडौंको धोवी खोला, बागमती, नागमती, सालिनदी, मनोहरा लगायतका खोलामा आकस्मिक बाढी आउने सम्भावना रहेको जनाएको छ ।

विभागले एक सूचना जारी गर्दै काठमाडौंको धोवी खोला, बागमती, नागमती, सालिनदी, मनोहरा लगायतमा आकस्मिक बाढी आउने सम्भावन रहेकोले सो खोला नजिक रहेका सबैलाई सचेत र् सतर्क रहन अनुरोध गरेको छ । 

विभागका अनुसार काठमाडौंको उत्तरपूर्वी क्षेत्रमा ठूलो वर्षा सुरु भएको जनाउदै शिवपुरी, सुन्दरीजल, साँखु लगायतको क्षेत्रमा वर्षा सुरु भएकाले उल्लेखित खोलाहरुमा आकस्मिक बाढी आउन सक्ने जनाएको हो ।

त्यस्तै मौसम बिभागले सुन्दरीजल स्थित बाढी मापन केन्द्रमा बहाब बढिरहेको भएपनि खतरा तह भन्दा माथि जाने संभावना न्युन नै देखिएको जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै