• २०८१ बैशाख १५ शनिबार

अर्जेन्टिनाका रेफ्री नेस्टर पिटानाले विश्वकपको फाइनल खेल खेलाउने

kharibot

काठमाडौँ । विश्वकप फुटबलको फाइनल खेल अर्जेन्टिनाका रेफ्री नेस्टर पिटानाले खेलाउने भएका छन् । 

फिफाले दिएको जानकारी अनुसार ४३ बर्षिय पिटानाले आगामी आइतबार हुने फ्रान्स र क्रोसियाबीचको फाइनल खेल खेलाउने भएका हुन् ।

उनी पेशाले शारीरिक शिक्षाका शिक्षक समेत रहेका पिटानाले यस विश्वकपमा यस अघिका विश्वकपको रसिया र् साउदी अरेबियाको पहिलो खेल, समुह चरण को मेक्सिको र स्विडेनबीचको खेल, त्यस्तै राउण्ड १६ को क्रोसिया र् डेनमार्कबीचको खेल र उरुग्वे तथा फ्रान्सबीचक क्वाटरफाइनलमा रेफ्री बनिसकेका छन् ।

उनी २०१० देखि अन्तर्राष्ट्रिय रेफ्री बनेका पिटाना अर्जेन्टिनाबाट दुई विश्वकपमा सहभागी दोस्रो रेफ्री हुन् ।

उनी दक्षीण अमेरिकाका अनुभवी रेफ्री मानिन्छन् । उनले अन्डर १७ विश्वकप २०१३, २०१४ को विश्वकप, ओलम्पिक फुटबल २०१६, कोपा अमेरिका तथा कन्फेडरेशन कप जस्ता प्रतियोगितामा रेफ्री बनिसकेका छन् ।

पिटानासँगै फाइनल खेलका लागि अर्जेन्टिनाकै हेर्नान मैडाना र अर्जेन्टिनाकै जुआन बेलेट्टी असिस्टेन्ट रेफ्री रहने छन् । त्यस्तै नेदरल्याण्डसका बजोर्न कुइपर चौथो रेफ्री हुने छन् भने नेदरल्याण्डका नै एर्विन जेइनस्ट्रा पाचौ रेस्री हुने छन् ।       
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय