• २०८१ बैशाख १५ शनिबार

८० न्यायाधीश नियुक्ति विवाद संवैधानिक इजलाशमा

kharibot

काठमाडौँ, । सर्वोच्च अदालतले उच्च अदालतका लागि नियुक्त भएका ८० न्यायाधीशको नियुक्तिका विषयमा भएको विवादलाई संवैधानिक इजलाशमा पठाउने आदेश जारी गरेको छ । 

न्यायाधीशहरु ओमप्रकाश मिश्र, बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको पूर्ण इजलासले विहिवार  उच्च अदालतलको ८० न्यायाधीशको नियुक्तिका विषयमा गम्भीर संवैधानिक जटिलता देखिएको हुँदा संवैधानिक इजलाशमा पठाउने आदेश जारी गरेको हो । 

न्याय परिषद्ले उच्च अदालतका लागि २०७३ पुस २९ गते उच्च अदालतका लागि ८० न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । 

आदेशमा न्याय परिषद् ऐनअनुसार समानुपातिक सिद्धान्तलाई न्यायाधीश नियुक्ति गर्दा नसमेटेकाले संवैधानिक इजलासमा पठाउनेैपर्ने आवश्यकता परेको उल्लेख छ । 

दुई वर्षअघि नायब महान्यायाधिवक्ता दुर्गाबन्धु पोखरेललगायतले यस सन्दर्भमा छुटृाछुटैृ रिट निवेदन दायर गर्नुभएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै