• २०८१ बैशाख १४ शुक्रबार

पहिलो फिल्म रिलिज नहुदै सारा अली खानले पाइन् तेस्रो फिल्म 

kharibot

मुम्बई । बलिवुडमा धेरै कम भाग्यमानी कलाकार हुन्छन् जसले सफलताको सिढी सजिलै चढ्न सक्छन् । अहिले स्टारका छोरा छोरीहरु धमाधम बलिवुडमा आउने क्रम चलिरहेको छ । 

यसैक्रममा अभिनेता सैफअली खानकि छोरी सारा अली खान अलि बढी नै भाग्यमानी देखिएकी छन् । साराले आफ्नो पहिलो फिल्म रिलिज नहुदै तेस्रो फिल्ममा अभिनय गर्ने तय भएको छ ।

पहिलो फिल्म केदारनाथको रिलिज मै किचलोमा फसेकी सारा, अब सो फिल्म नोभेम्बर ३० मा रिलिज हुने भएको छ । उनले हाल दोस्रो फिल्म रोहित शेठीको फिल्म सिम्बाको सुटिंगमा व्यस्त छन् । यस फिल्ममा सारा रनबीर सिंहसँग अभिनय गर्दै छन् । यो फिल्म आगामी डिसेम्बर २८ मा रिलिज हुने छ ।

अब तेस्रो फिल्म भने साराले आफ्ना पिता सैफ अली खानसँग गर्ने भएकी छन् । फिल्ममा पनि पिता र छोरीको भूमिकामा रहने डिएनएले उल्लेख गरेको छ । यस फिल्मलाई निर्देशक नितिन कक्कडले निर्देशन भएको बताइएको छ । 

आफ्नो पहिलो फिल्म रिलिज नहुदै तीन फिल्म साइन गर्ने बलिवुडका धेरै कम भाग्यमानी मध्ये सारा एक भएकी छन् ।
    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै