• २०८१ बैशाख १४ शुक्रबार

२५ वटा बाँणिज्य बैकहरुको चुक्ता पुँजी आठ अर्ब : राष्ट्र बैंक भन्छ, दुई वटा पुँजी बृद्धिको प्रकृयामा एउटाले पुर्याउन नसक्ने

kharibot

काठमाडौं । सञ्चालनमा रहेका २८ वटा बाँज्यि बैकहरु मध्ये २५ वटा बाँणिज्य बैंकहरुले आठ अर्ब रुपैयाँ चुक्ता पुंजी पुर्याएकाछन ।

नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालका अनुसार दुई वटा बाँणिज्य बैकहरु अहिले पनि आठ अर्ब रुपैयाँ चुक्ता पुंजी पुर्याउने प्रकृयामा रहेकाछन भने एउटा बाँणिज्य बैकले भने राष्ट्र बैंकले तोकेको न्युनतम चुक्ता पुंजी पुर्याउन नसक्ने देखिएको छ ।

गर्भनर नेपालका अनुसार २०७५ जेठ मसान्तसम्ममा २८ वटा वाणिज्य बैंकहरुको कुल चुक्ता पुँजी दुई खर्ब २७ अर्ब ८९ करोड पुगेको छ । यसबिचमा भारतको पञ्जाव नेशनल बैंक समेतेको साझेदारी रहेको एभरेष्ट बैंकले आठ अर्ब १० करोड ६८ लाख ६३ हजार रुपैयाँ चुक्ता पुंजी पुर्याएको छ भने सिद्धार्थ बैंकले आठ अर्ब एक करोड २१ लाख ७१ हजार रुपैयाँ चुक्ता पुंजी पुर्याएको छ ।

यसैगरी सिटिजन्स बैंक इन्टरनेशनलले पनि राष्ट्र बैंकले तोके अनुसारको न्युनतम आठ अर्ब रुपैयाँ चुक्ता पुंजी पुर्याईसकेको छ । यि बाहेक सरकारी स्वामित्वको कृषि बिकास बैंक, नेपाल बैंक र राष्ट्रिय बाँणिज्य बैंकको चुक्ता पुंजी पनि आठ अर्ब रुपैयाँ भन्दा माथि रहेको छ ।

यसैगरी ग्लोवल आईएमई बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक, स्टान्र्डड चार्टड बैंक, नविल बैंक, नेपाल एसबिआई बैंक, हिमालयन बैंक आदिको चुक्ता पुंजी पनि आठ अर्ब रुपैयाँ पुगेको छ । यसबिचमा सिभिल बैंक र कुुमारी बैैैकको चुक्ता पुंजी भने आठ अर्ब रुपैयाँ भन्दा कम रहेको छ । दुबै बैंक अहिले आठ अर्ब रुपैयाँ चुक्ता पुंजी पुर्याउने प्रकृयामा रहेकाछन । तत्कालीन एपेक्स डेभलपमेन्ट बैंककाकारण बित्तीय अवस्था कमजोर बनेको एनसीसी बैंकले भने राष्ट्र बैंकले तोके अनुसारको न्युनुतम आठ अर्ब रुपैयाँ चुक्ता पुंजी पुर्याउन नसक्ने देखिएको छ ।

कुन बाँणिज्य बैकको चुक्ता पुंजी कति छ, हेर्नुहोस (रकम रु हजारमा)

क्रस   बैकको नाम         चुक्ता पुंजी

१     एभरेष्ट बैंक         ८१०६८६३          

२     सिद्धार्थ बैंक         ८०१२१७१          

३     सिटिजन्स बैंक       ८०३३२३६    

४     एनआईसी एशिया बैंक ८०३१११७    

५     सानिमा बैक         ८००१२५५    

६     नेपाल बैंक          ८०४२६६२    

७     सनराईज बैंक        ८१५२५५६    

८     ग्लोवल आईएमई बैंक  ८८८८३७६    

९     नेपाल एसबिआई बैंक  ८०४६९०५

१०    हिमालयन बैक       ८११४५२९    

११    सेञ्चुरी कर्मसियल बैंक ८०६३४३५

१२    लक्ष्मी बैंक          ८२२१६६७    

१३    प्राईम कर्मसियल बैंक  ८०३३२९८.८७

१४    नेपाल इन्भेष्टमेन्ट बैंक १०७४४०९९

१५    एनएमबी बैंक        ६४६१७७४    

१६    जनता बैंक          ८०००७८६

१७    बैंक अफ काठमाडौं    ७०७२८९६    

१८    स्टान्र्डड चार्टड बैंक    ८०११४३१    

१९    सिभिल बैंक         ६९३४८५०    

२०    नबिल बैंक          ८०४३२२१

२१    कुमारी बैंक          ५९६९४९६    

२२    कृषि बिकास बैंक     १३९३७९२८

२३    प्रभुु बैंक           ८००१३३४    

२४    माछापुुच्छे« बैंक     ८०५५६९३    

२५    एनबी बैंक          ८०८१४४     

२६    राष्ट्रिय बाँणिज्य बैंक  ८५८८९७२

२७    मेगा बैंक           ७३७६७४३    

२८    एनसीसी बैक        ४६७९०५८    

(सम्वन्धीत बैकको २०७४ तेस्रो मसान्तसम्मको बित्तीय बिवरणको आधारमा)  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै